स्ववियु निर्वाचनमा एमाले र विप्लवका विद्यार्थी संगठनबिच देशव्यापी तालमेल गर्ने सहमती!

डेली न्युजराप्ती       २६ फाल्गुन २०७९ २१:०१ मा प्रकाशित     139 No Comments

अखिल (क्रान्तिकारी) र अनेरास्ववियुबिच चुनावी तालमेल र सहकार्य हुने

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन( क्रान्तिकारी) र एमाले निकट अनेरास्ववियु बिच आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा देशव्यापी तालमेल र सहकार्य हुने भएको छ।आज सम्पन्न दुई विद्यार्थी संगठनको संयुक्त बैठकले यस्तो निर्णय गरेको कुरा अध्यक्ष प्रकाश सी र समिक बडालद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत जानकारी दिईएको छ।

विज्ञप्तीमा-“आज मिति २०७९ फाल्गुन २६ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को संयुक्त बैठक दुवै संगठनका अध्यक्षहरुको सहभागीतामा सम्पन्न भयो।

उक्त बैठकबाट आसन्न स्ववियु निर्वाचन २०७९ मा दुई संगठनबिच देशव्यापी तालमेल र सहकार्य गर्ने निर्णय गरिएको छ र अन्य बाम ,देशभक्त विद्यार्थी संगठनहरुलाई पनि तालमेल तथा सहकार्यका लागि यो विज्ञप्ति मार्फत अपील गर्दछौं भनिएको छ।”

यस्तो छ संयुक्त विज्ञप्तीको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार