देशमा देखिएका सबैखाले संकटको समाधान क्रान्तीले गर्छ: नेता विषम

डेली न्युजराप्ती       २० भाद्र २०७९ १७:४८ मा प्रकाशित     978 No Comments


भदौ २०,घोराही। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर (विषम)ले नेपालमा असफल संसदीय व्यवस्थाका कारण देखिएका सबैखाले संकटको समाधानले क्रान्तीले गर्ने बताउनुभएको छ।

नेकपा दाङको नवौं जिल्लाको सम्मेलनमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता विषमले देशमा देखिएका राजनीतिक,सामाजिक,आर्थिक,सांस्कृतिक लगाएतका तमामखाले समस्याको समाधान एकीकृत जनक्रान्तीको कार्यदिशा मार्फत गरिने क्रान्तीबाट हुने वताउनुभएको हो।
नेता विषमले भन्नुभयो– ‘संकटको समाधान क्रान्तीले गर्छ।नेपालका सम्पुर्ण समस्याहरुको हल वैज्ञानिक समाजवादले गर्छ।’

एमसीसीले नेपाललाई युक्रेन,अफगानिस्तान र श्रीलंका बनाउने खतरा रहेको नेता विषमको भनाइ थियो। एमसीसी राष्ट्रको हितमा छैन,यो सार्वभौम सत्ता सम्पन्न देशको विरुद्ध र छिमेकी मुलुक चिनमाथी आक्रमण गर्ने रणनीतिक लक्ष्य सहित आएको हो। संसदवाट पास भएको भनिएको नागरिकता बिधेयक अमेरिका र भारतलाइ खुसी पार्न ल्याइएको हो। नागरिकता बिधेयक मार्फत भारत नेपाललाइ अल्पमतमा पार्न चाहान्छ भने अमेरिकाले तिब्बतियन शरणार्थीलाई नेपालमा बैधता दिने सोचमा छ। यो बिधेयकका विरुद्धमा संघर्ष गर्नुपर्दछ,नेता विषमले भने।

एक फरक प्रसंगमा बोल्दै नेता विषमले भने– ‘तिन बुदे सहमती विरुद्ध राज्यले पार्टीका महासचिव विप्लव सहितका नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेर भिडन्त गर्न चाहेको पुष्ठि भएको छ। यो एक प्रकारको अघोषित प्रतिबन्ध हो। हामी यसबाट रत्तिभर बिचलित हुने कुरा हुदैन बरु राज्य जुन ढंगले आउँछ त्यसको उचित जवाफ दिन तयार छौँ।’
पार्टी एमसीसी विरुद्ध रहेकाले अमेरिकाले आफ्नो पार्टीलाई सिध्याउन अनेकौं हत्कण्डा प्रयोग गरेपनी असफल भएपछि अन्तिममा सुदर्शन-धर्मेन्द्रलाई पैसाले किनेर पार्टीलाई टुक्राटुक्रा पारेर सिध्याउने रणनीति प्रयोग गरेको नेता विषमको जिकिर थियो।
अमेरिकाले संसारभरिका कम्युनिस्टहरुलाइ सिध्याउन खोजेको छ भने हामी कम्युनिस्टहरुको उद्देश्य भनेको बिश्व मानवजातीलाई एक बनाउने र बिश्वलाई एउटै बनाउने हो,नेता विषमले भन्नुभयो।’
पार्टीको आसन्न नवौं महाधिवेशन ऐतिहासिक कोशेढुङ्गा साबित हुने नेता विषमले स्पष्ट पार्नुभएको थियो।

नेकपा दाङको नवौं जिल्ला सम्मेलन दाङको घोराहीमा चलिरहेको छ। सम्मेलनमा हिजोदेखी सुरु भएको बन्द सत्रमा राजनीतिक प्रतिबेदन व्यापक छलफलपछि एकमतका साथ पास भएको छ।
भदौ १९ गतेदेखि सुरु भएको पार्टी नवौं जिल्ला सम्मेलन आज साझसम्म सकिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार