जनपत्रकार संगठनद्वारा जनपत्रकार अनलाइन संचालन,समाजवादका लागि पत्रकारिताको उद्घोष

डेली न्युजराप्ती       १२ असार २०७९ २०:२४ मा प्रकाशित     165 No Comments


काठमाडौँ । जनपत्रकार संगठन नेपालले जनपत्रकार अनलाइन  (www.janapatrakar.com) संचालनमा ल्याएको छ । ‘समाजवादको लागि हाम्रो पत्रकारिता’ भन्ने लक्ष्यका साथ यही असार ११ गते शनिबारदेखि संचालनमा ल्याएको उक्त www.janapatrakar.com को प्रकाशकमा जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर विश्वकर्मा, प्रधान सम्पादक – राजेन्द्र चिमौरिया, सम्पादक – जानकी चौधरी, कार्यकारी सम्पादक – वसन्त विश्वकर्मा र प्रबन्ध सम्पादक – शोभराज बराललगायत रहेका छन् ।

जनपत्रकार संगठन नेपालले यही असार ११ गते शनिबारदेखि संचालनमा ल्याएको उक्त जनपत्रकार अनलाइन www.janapatrakar.com को प्रकाशकीयमा भनिएको  छ:

समाजवादको लागि हाम्रो पत्रकारिता !

मानिसले आफ्नो सभ्यताको क्रममा आपूmलार्ई आबश्यक पर्ने खाना, नाना र छानाको परिपूर्तिका लागि शुरुमा प्रकृतिसँग र पछि मानिस – मानिसबीच अन्तरमानविय संघर्ष गर्दै आजको समयसम्म यात्रा गरिसकेको छ । यसक्रममा उत्पादनका लागि संघर्ष, वर्गसंघर्ष र बैज्ञानिक प्रयोगका बीचबाट कैयौं ज्ञान हासिल गरेको छ । कैयौं रहस्यहरु खुलासा भएका छन् भने हामीले प्राप्त गरेका खोज अनुसन्धानको तुलनामा हजारौ र लाखौ भागको रहस्य उद्घाटन हुन बाँकी छ र संभवतः यो प्रक्रियाको सीमा यति नै छ भनेर किटान गर्नु निकै मुस्किल छ । यसरी मानवीय आवश्यकता पूरा गर्न सबैभन्दा पहिला मानिसलार्ई उत्पादनका साधनहरु- औजारहरुको खाचो पर्‍यो र प्राचीनकालदेखि आजपर्यन्त नयाँ-नयाँ औजारहरुको खोजी र तिनको निरन्तर परिमार्जन तथा परिस्कार हुँदै आएको छ । उत्पादनका लागि चाहिने औजारहरुको परिस्कारले नै समाजको उत्पादकत्वमा वृद्धि हुँदै आएको छ र त्यसैको पछिल्लो एउटा उदाहरण भनेको नै आजको सूचना प्रविधि हो । यो समाजका अन्य कैयौं ज्यावलभन्दा शक्तिशाली र प्रभावकारी छ, त्यसैले त आजको युगलार्ई विज्ञान र प्रविधि अर्थात सूचना र प्रविधिको युगको संज्ञा दिइएको छ ।

मानिसले उत्पादनको क्रममा विभिन्न सामाजिक सम्बन्धहरुको निर्माण गरेको छ, जस्तो कि आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग, पुँजीवादी युग र अब आउने समाजवादी – साम्यवादी युग । यी युगहरुको निर्धारणको मुख्य आधार नै उत्पादनका कममा प्रयोग गरिने औजारको स्तर र ती औजारहरु माथि स्वामित्वको चरित्र हो । यी सबै युगरुलार्ई हामीले विभिन्न सामाजिक व्यवस्थाको रुपमा अथ्र्याएका छौ । यी सबै समाज व्यवस्थाहरु हुन र यिनका आ-आफ्ना उत्पादन शक्ति र सम्बन्ध मात्रै छैनन् सँगसँगै सूचना प्रविधिहरु पनि छन् ।

उत्पादनका लागि संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगको क्रममा हासिल हुन गएका ज्ञान, सीप, अनुभव, सुख, दुख र सौन्दर्यहरुको आदनप्रदान हुँदै आएका छन् । यसरी आदनप्रदान गर्ने क्रममा नै मान्छेको वाणीको आविष्कार भएको छ । नर-वानरकालिन मानवको पुच्छर बिलिन छ र सञ्चार प्रविधिको विकास भएको छ । यद्यपि सभ्यताको प्राचीनकालिन सञ्चार प्रविधिको ठाउँ आधुनिक सञ्चार प्रविधिले लिएको छ । आज हामीले दैनिक जीवनमा प्रयोग गर्ने प्रविधि र हिजोको प्रविधिमा भारी अन्तर छ । यो प्रक्रियामा वाफबाट चल्ने इन्जिनमा आधारित पहिलो औद्योगिक क्रान्ति, बिजुलीमा अधारित उपकरणद्वारा सञ्चालित दोस्रो औद्योगिक क्रान्ति, विद्युतीय उपकरणद्वारा अर्धस्वचालित तेस्रो औद्योगिक क्रान्ति र अहिलेको डिजिटलाईज सञ्चार प्रविधिमा आधारित क्रान्ति गरी आजको युगलार्ई चौथो औद्योगिक क्रान्तिसमेत भन्ने गरिएको छ । यसले समाज, राज्य र सभ्यताहरुको आपसी दूरी करिव करिब समाप्त हुँदैछ भन्दा अन्यथा नहोला ।

नेपालमा हामीले न्यूनतम मानवीय आबश्यकता पूरा गर्न सक्ने, सामाजिक उत्पादन र उत्पादकत्वको वृद्धि र बिकासका लागि गति पैदा गर्न सक्ने तथा ती सामाजिक श्रमका प्रतिफलहरुको समन्यायिक वितरण गर्न सक्ने सामथ्र्य भएको लोकतान्त्रिक राज्यको निर्माणका खातिर झण्डै ८ दशकदेखि आन्दोलन, संघर्ष र बलिदान गर्दै आएका छौ । प्रजातन्त्र – लोकतन्त्र – जनवाद – समाजवाद जे भने पनि जनताको प्रत्यक्ष सहभागिता र निणर्ायक भूमिका सुनिश्चित भएको, उनीहरुको क्षमता र उर्जाहरुको पूणर् प्रस्फुटन हुन सक्ने असली लोकतन्त्रको खोजीमा हामी र हाम्रा पुर्खाहरुले ती दिनहरु खर्चेका हौँ । सही अर्थमा भन्दा वास्तविक लोकतन्त्र अझै ‘आकासको फल आँखातरि मर’ भएको छ । मुलुकमा प्रचुर प्राकृतिक श्रोत र सम्पदाहरु छन् । तराई, पहाड र हिमालसहितको विविधतामा आधारित प्राकृतिक संगम छ । श्रमविर नागरिक छन् तर अभाव, रोग, सोग र गरिबी छ । युवा पलयनताको समस्या छ । हाम्रो श्रम र श्रोतको रास्ट्र हितमा दोहन हुनसक्ने स्थिति छैन । असमानता, भ्रस्टाचार, बेरोजगारी मुलुकका चारित्रिक विशेषता भएका छन् । देशको परिचय एउटा मगन्तेमा वदलिएको छ । यी सारा कुराहरुको सम्बन्ध हाम्रो कुशासनसँग छ । देशको आफ्नै आवश्यता र संभावनामा आधारित विकास प्रारुप नहुनुसँग सम्वन्धित छ । यो समग्र चित्रको यथोचित समाधान गर्ने हो भने विद्यमान सामाजिक, आर्थिक र राजनीतिक प्राणालीअन्तर्गत संभव छैन भन्ने कुरा नेपालका पछिल्ला अनुभवहरुले राम्ररी उजागर गरिसकेको छ र त्यसको विकल्पमा खाली वौदिक विमर्श मात्रै होइन, नेपालका राजनीति पार्टीहरुका लिखतहरुदेखि मुलुकको संविधानले समेत अब विकल्प समाजवाद उन्मुख यात्रा तय गर्नुपर्ने ऐतिहासिक आवश्यतालार्ई स्वीकार गरिसकेको छ । अब प्रश्न यो हो कि त्यो समाजवादको निर्माण कसरी हुन्छ ? हाम्रो मौलिकताको समाजवादले सम्बोधन गर्नै पर्ने मूलभूत मुद्दाहरु के के हुन ? के समाजवाद अवको न्यूनतम राजनीतिक आर्थिक कार्यक्रम बन्न सक्छ ? यी प्रशहरुलार्ई ठिक ढंगले निरुपण गर्न जरुरी छ ।

हामीले नेपालका राजनीतिक दलहरुले भन्दै आएको र संविधानको प्रस्तावनाले समेत स्विकार गरिसकेको समाजवादी सभ्यताको निर्माण प्रतिको साझा र सम्यक बुझाइ निर्माण गर्न, विद्यमान लोकतन्त्रको दलाल, जनविरोधी र पश्चगामी चरित्रलार्ई प्रस्ट्याउन र अन्ततः र सारतः समाजवादी प्रणालीको पक्षमा जनमत सिर्जना गर्ने कुरालार्ई जनपत्रकारिताको तत्कालीन गन्तव्य ठहर्‍याएका छौ । यसका लागि जसरी आमसञ्चारका अन्य माध्यमहरुले समाजलार्ई सही सूचनाद्वारा सुसज्जित गर्छन, जसरी समाजलार्ई शिक्षित गर्छन, जसरी अभिप्रेरित गर्छन् र जसरी एउटा पहरेदारी र खवरदारीको भूमिका निर्बाह गर्छन्, त्यो त हामीले गर्नैपर्छ तर हाम्रो जनपक्षीय पत्रकारिताको दायित्व यतिमा मात्रै टुङ्गिदैन हामीले नयाँ समाज र सभ्यता तथा नविनताका लागि सचेत र सक्रिय हस्तक्षेप गर्नै पर्नेछ र त्यसो गर्नु जनपक्षीय पत्रकारिताको सामान्य जिम्मेवारी हो ।

जनपत्रकार संगठन नेपालले आफ्नो युगिन दायित्व पूरा गर्न, प्रेसलार्ई साच्चिकै राज्यको चौथो अंगको हैसियत कायम गर्नका लागि जिम्मेवार बनाउन तथा तदनुकुलको कामका लागि मर्यादित पत्रकारिताको अभियानलार्ई उचाइमा उठाउन जनपत्रकार मासिक र www.janapatrakar.com अनलाइन पोर्टलको प्रारम्भ गरेका छौँ । यसको आगामी यात्रा आफ्नै घोषित मान्यताहरुलार्ई पूरा गर्ने उद्देश्यद्वारा निर्देशित हुनेछ । हामीले यो कार्यभारलार्ई पूरा गर्न मिशनपत्रकारिता र व्यवसायिक पत्रकारिताको उचित संयोजन गरेर अगाडि बढ्ने सोच राखेका छौ । हाम्रो यो सन्चारमाध्यम सम्पूणर् देशभक्त र परिवर्तनका लागि आवाज बुलन्द गर्नेहरुको एउटा सारथि बन्ने छ भन्ने विश्वास छ । यो अभिभारा, हाम्रो प्रतिबद्धता र मिशनमा तपाईहरु ः श्रोता, पाठक र दर्शकहरु हाम्रा प्रेरणाका श्रोत हुनुहुन्छ । हाम्रो यो यात्रालार्ई सफल बनाउन तपाईहरुका सुझाव, सल्लाह र प्रतिकृयाहरु सदैव अपेक्षित र ग्राह्य छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार