हेमन्तप्रकाश वली ।
असोज ६,दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले वर्तमान शुसिला कार्की नेतृत्वको अन्तरिम सरकारको बनोट र सञ्चालनप्रति असहमति जनाएका छन् ।
सोमबार विप्लवले सामाजिक संजाल फेसवुकमा एउटा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।
विप्लवले लेखेका छन्– ‘विद्रोह जेनजीले गरे,जनताले गरे,हामीले पनि गर्यौं। तर सरकार कसरी बनिरहेको छ,कसले बनाईरहेको छ ,मन्त्रीहरू कसरी कहाँबाट आइरहेछन् ? के यो विद्रोहका योजनाकार,सञ्चालक यीनै थिए ? चटक जस्तो लाग्ने यो हर्कत के विद्रोही जनतालाई बेकुफ बनाउने भद्दा प्रहर्षण होइन।’
विप्लवले यसको चित्तबुझ्दो जवाफ नआएसम्म सरकार चल्न नसक्ने , चुनाव र देशमा स्थिरता र समृद्धि कसरी आउँछ भन्दै सहरदेखि गाउँसम्म जागाराम बस्न आह्वान समेत गरेका छन् ।
यस्तो छ नेकपाका महासचिव विप्लवको स्टाटस:

सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.