शान्तिपुर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप,नेकपाका केन्द्रीय सदस्य सरद सहित ३ जना गिरफ्तार

डेली न्युजराप्ती       १७ कार्तिक २०७९ २१:१५ मा प्रकाशित     1022 No Comments


कार्तिक १७,दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट सामना परिवारको ‘सामना जनजागरण अभियान’मा प्रहरीले हस्तक्षेप गरेको छ।

नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुर स्थित श्रीलोक सेवा मावी अगाडि सामना परिवारले सांस्कृतिक जनजागरण अभियान संचालन गरिरहेको बेला प्रहरी प्रशासनले शान्तिपुर्ण कार्यक्रममाथी दमन गरेको हो।

प्रहरीले सामना परिवारको शान्तिपुर्ण कार्यक्रममा दमन,धरपकड गर्दै नेकपाका केन्द्रीय सदस्य तथा नवलपुर/नवलपरासी इन्चार्ज सरद सी , पार्टीका नवलपुर जिल्ला सेक्रेटरी सुमन सी,नेकपा नवलपुर जिल्ला कमिटी सदस्य अर्जुन सी सहित ३ जनालाइ गिरफ्तार गरेको सामना सांस्कृतिक परिवारले जानकारी दिएको छ ।

नेकपाले शान्तिपुर्ण ढंगले आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई खारेज गर्ने निर्णय गरेको छ । शान्तिपुर्ण कार्यक्रममा भएको प्रहरी ज्यादतीको आम नवलपुर/नवलपरासीका जनता , सामना परिवार , नेकपाका नेता-कार्यकर्ता , शुभेच्छुक , शुभचिन्तक एवम देशभक्त , प्रगतिशील , बामपंथीहरुले बिरोध जनाइरहेका छन ।

सामना परिवारद्वारा आज बेलुका नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुर स्थित श्रीलोक सेवा मावी अगाडि आयोजित ‘सामना जनजागरण अभियान’मा हजारौं जनसमुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार