अखिल (क्रान्तिकारी) दाङद्वारा एकीकृत बिद्यार्थी जागरण अभियानको उद्घाटन

डेली न्युजराप्ती       १७ श्रावण २०७९ ११:२५ मा प्रकाशित     495 No Comments


साउन १७,घोराही। नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) दाङले बिद्यार्थी जागरण अभियान उद्घाटन गरेको छ।
संगठनले मंगलबार घोराहीमा पार्टीको ९औ महाधिवेशन केन्द्रित एकीकृत बिद्यार्थी जागरण अभियानको उद्घाटन गरेको हो।

संगठनका केन्द्रिय सदस्य केशवको बिशेष उपस्थितिमा महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङबाट अभियान उद्घाटन गरेको संगठनका दाङ जिल्ला संयोजक खुमनले डेलिन्युजराप्तीलाई जानकारी दिएका हुन।अभियान उद्घाटनकै दिन संगठनले महेन्द्र बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र प्रथम वर्षमा सागर थापाको अध्यक्षता मा ४१ जना को इकाई कमिटी गठन गरेको छ। संगठनमा संगठीत विद्यार्थीहरु संगठन जिल्ला समिती दाङले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार