तराईका भू-भागहरूमा बाक्लो हुस्सु

डेली न्युजराप्ती       २१ पुष २०७९ ०८:५० मा प्रकाशित     104 No Comments

देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु लागिरहेको छ।

आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

हिमाली भू-भागमा हल्का हिमपात र तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु लाग्दा दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार