छात्रामाथी करणी गरि फरार भएका शिक्षक पौडेललाई कारवाही नगरे संघर्ष गर्छौं: अखिल (क्रान्तिकारी)

डेली न्युजराप्ती       २३ चैत्र २०७९ ०७:१५ मा प्रकाशित     296 No Comments

चैत २३ , तुलसीपुर । दाङमा एक शिक्षकले विद्यार्थीमाथी जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ । दाङ शान्तिनगर गाउँपालिका वडा नं. ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले करणी गरेको जाहेरीमा उल्लेख छ । ‘सबै बसेर परीक्षाको तयारी गरिरहेका रहेछन्, त्यही क्रममा शिक्षकले पीडित बालिकालाई काम छ, भन्दै बाहिर बोलाउन भनेछन्’,प्रहरी निरीक्षक केसीले भने‘त्यसपछि पीडितले अहिले पढिरहेको भनिरहदा इमरजेन्सी काम भएको भन्दै बोलाएर भवनको भ¥याङ्मुनी लिएर जबरजस्ती करणी गरेको पीडितले बयान दिएका छन् ।’

पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए । उनी सोही विद्यालयका प्राबि शिक्षक हुन् । जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । उनी फरार रहेको प्रहरी निरीक्षक केसीले बताए । पीडितले मंगलबार जाहेरी दिएका हुन् ।

साथै पीडित बालिकाको अबस्था सामान्य रहेको छ । उनको मंगलबार स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ । त्यसको रिपोर्ट आज आउने प्रहरी निरीक्षक केसीले बताए । धनौरी स्कुलको परीक्षा केन्द्र श्रीगाउँमा रहेको छ । पीडित बालिकाले परीक्षा भने नियमित दिइरहेकी छन् ।

यता विप्लवले नेतृत्व गरेको नेकपा निकट बिद्यार्थी संगठन अखिल ( क्रान्तिकारी) ले घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार क्रान्तिकारीका दाङ जिल्ला अध्यक्ष खुमन सीले एक प्रेस बिज्ञप्ती जारी गरि एसइइ दिइरहेकी छात्रामाथि करणी गरि फरार बिधालयका शिक्षक खुमानन्द पौडेल फरार भएको घटनाप्रती संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
क्रान्तिकारीले घटनाको दोषीलाई तत्काल कानुनी दायरामा लिइ हदैसम्मको कारवाही गर्न र पिडित बिद्यार्थी छात्रालाइ उचित न्याय दिन जोडदार माग गरेको छ साथै अन्यथा संगठन थप संघर्षमा जान बाध्य हुने चेतावनी दिइएको छ ।

यस्तो छ प्रेस बिज्ञप्तिको पुरापाठ:
नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको नेतृत्वदायी हाम्रो संगठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रमा देखिएका विकृति , विसंगति र विद्यार्थीहरु माथी हुने अन्याय अत्याचारका विरुद्ध निरन्तर संघर्षरत रहेको सबैमा सर्बविदितै छ् ।

यसै सन्दर्भमा शान्तिनगर गाउँपालिका अन्तर्गत शिवशक्ति मा वि धनौंरी मा अध्यनरत SEE दिइरहेकी छात्रा माथी सोही बिद्यालयका शिक्षक खुमानन्द पौडेल ले जबर्जस्ति करणी गरि फरार भएको दु:खद घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ् । शिक्षाको ज्योति फैलाउने पवित्र स्थान मा दिनहु हुने यस्ता घटनाले समग्र विद्यार्थीहरु र वर्तमान शैक्षिक जगतमा त्रासको वातावरण सिर्जना भएको छ । उक्त घटनाको दोषी लाई तत्काल कानुनी दायरामा लिई हदैसम्मको कारबाही गर्न र पीडित विद्यार्थी छात्रालाई उचित न्याय दिन जोडदार माग गर्दछौं । अन्यथा थप संघर्षमा जान हामी बाध्य हुने छौं ।

                                                   खुमन सी
                                                        अध्यक्ष 
                                        अखिल (क्रान्तिकारी )दाङ
प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार