दाङका विभिन्न पालिकामा नेकपा निकट जवस/मोर्चाको भेला सम्पन्न, ४३ जना नेकपा प्रबेश

डेली न्युजराप्ती       २६ मंसिर २०७८ १९:४२ मा प्रकाशित     535 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत बिभिन्न पालिकामा जनबर्गिय संगठन/मोर्चाहरुको भेला सम्पन्न भएका छन।
शनिबार तुलसीपुरमा नेकपा निकट पेशागत संगठन अखिल नेपाल सिक्षक संगठन तुलसीपुर उपमहानगरको प्रथम भेला सम्पन्न भएको छ। भेलाले मेघराज घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा विभिषण रोका , सचिवमा कमल शर्मा, सह– सचिवमा दिनेश डाँगी, कोषाध्यक्ष भेजु थापा चयन भएका हुन।
प्रथम भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथी नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलले सबै उत्पीडित शिक्षकहरुको मुक्ती राज्यव्यवस्था परिवर्तनबाट मात्रै सम्भव भएको बताउनुभएको थियो। उहाले पुरानो अव्यवहारिक, अबैज्ञानिक र बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणालीलाई बदल्ने र नया बैज्ञानिक समाजवादी शिक्षा प्रणाली मार्फत शिक्षकहरुले बिद्यार्थी साथसाथै देशको आमूल परिवर्तनमा जुट्न अपिल गर्नुभएको थियो।
कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश अध्यक्ष नारायण भण्डारी,नेकपा दाङका सेक्रेटरी प्रदिप,अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य निर्मला,नेकपा दाङका कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगर इन्चार्ज बिकाश,अखिल नेपाल शिक्षक संगठन दाङका अध्यक्ष डिल्ली,युवा संगठन नेपालका केन्द्रीय सचिव तिलक,जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त,नेकपा दाङ जिल्ला सदस्य द्वय इश्वरी,बिजय मल्ल, नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य एवम दाङका अध्यक्ष बिबेक,अखिल नेपाल शिक्षक संगठन दाङ जिल्ला सदस्यहरु फर्साराम,कृष्ण चन्द ठकुरी,लिला नेपाली,घनश्याम आचार्य,उषा गौतम,दिनेश डागीको आतिथ्य रहेको थियो।
मेघराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल शिक्षक संगठन नेपालका दाङ जिल्ला सदस्य घनश्याम आचार्यले स्वागत मन्तव्यबाट व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संगठनका जिल्ला सदस्य लिलाधर विकले गर्नुभएको हो।

शान्तिनगरमा नेकपा निकट जवस/मोर्चाको पालिकास्तरिय संयुक्त भेला, विभिन्न पार्टी परित्याग गरि ४३ जना नेकपामा प्रवेश
नेकपा निकट जवस/मोर्चाको नेकपा शान्तिनगर गाउँपालिकामा पालिकास्तरिय संयुक्त भेला सम्पन्न भएको छ । एक कार्यक्रमकाबीच अखिल नेपाल महिला संघ क्रान्तिकारी मगर मुक्ती मोर्चा नेपाल, श्रमिक समुदाय मोर्चा नेपाल र अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) को संयुक्त रुपमा भेला सम्पन्न भएको हो ।
भेलाले रिमाको अध्यक्षतामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को१३ सदस्यीय गाउपालिका स्तरीय कमिटी, मगर मुक्ति मोर्चा नेपाल शान्तिनगर गाउपालिकामा रामबहादुर सिजालीको अध्यक्षतामा ७ सदस्यीय कमिटी, श्रमिक समुदाय मोर्चा नेपाल शान्तिनगर गाउपालिकामा अम्मर विकको अध्यक्षतामा ९ सदस्यीय कमिटी र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) शान्तिनगर गाउपालिकामा धनिराम चौधरीको अध्यक्षतामा ७ सदस्यीय कमिटी निर्बाचित गरेको जनाइएको छ।
सुरेशको अध्यक्षता एवं नेकपा घोराही नगर इञ्चार्ज निर्मलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न संसदवादी पार्टी परित्याग गरी ४३ जनाले नेकपामा प्रवेश गरेको नेकपा शान्तिनगरले जनाएको छ ।

नेकपा बबईमा पनि पार्टी निकट जवस/मोर्चाको पालिकास्तरिय संयुक्त भेला सम्पन्न
यस्तै नेकपा बबई गाउँपालिकाले पार्टी निकट जवस/मोर्चाको पालिका स्तरिय संयुक्त भेला सम्पन्न गरेको छ।
संयुक्त भेलाले मोती केसीको अध्यक्षतामा ११ सदस्यीय अनेमसंघ(क्रान्तिकारी) बबई गाउपालिका स्तरीय कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा बेलमति खत्री, सचिवमा रिमा घर्ती, सह–सचिवमा दिपा राणा, कोषाध्यक्षमा लालमति खड्का लगायत चयन भएका हुन् ।
भेलाले मगर मुक्ति मोर्चा नेपालमा दुर्गा घर्ती मगरको अध्यक्षतामा १७ सदस्यीय कमिटी निर्वाचित गरेको छ । जसको सचिवमा लिलाधर पुन मगर, सह–सचिवमा रमेश घर्तीमगर,कोषाध्यक्षमा कल्पना बुढामगर लगायत चयन भएका हुन।

त्यसैगरी पालिका स्तरिय संयुक्त भेलाले निर्मल परियारको संयोजकत्वमा ७ सदस्यीय श्रमिक समुदाय र्मार्चा नेपाल बबई गाउपालिका स्तरीय कमिटी चयन गरेको छ । भेलाले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)मा भुवनको संयोजकत्वमा ७ सदस्यीय पालिका स्तरीय कमिटी चयन गरेको छ ।

श्रमिक समुदाय दाङका सह–सचिव लोकबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा उत्पादन विभाग प्रमुख किरणको प्रमुख आतिथ्य रहेको थियो। नेकपा बबइ गाउपालिका इञ्चार्ज प्रतिरोध, नेकपा दाङ जिल्ला सदस्य तथा राजपुर गाउँपालिका इञ्चार्ज निमबहादुर डाँगी, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश इञ्चार्ज बिरेन्द्र, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)दाङ जिल्ला संयोजक पोषण, मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष सिवेन्द्र,सहिद परिवार मालती, नेकपा दाङका विशेष कमिटी सदस्य हिकमत र दिलबहादुर, नेकपा बबई गाउँपालिका वडा नं.४ का सेक्रेटरी तारा वली, ६ नं. वडा सेक्रेटरी दोवाराम वली लगाएतको आतिथ्य रहेको थियो ।
युवा संगठन नेपाल बवई गाउँपालिका संयोजक कमलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण मगर मुक्ति मोर्चा नेपाल,दाङ जिल्ला सचिव उज्ज्वलले गर्नुभएको थियो।

गढवामा पनि नेकपा निकट जवस/मोर्चाहरुको संयुक्त भेला सम्पन्न
नेपाल कम्युनिस्ट पार्टी निकट जवस/मोर्चाहरुको गढवा गाउँपालिका स्तरीय संयुक्त भेला सम्पन्न भएको छ ।
पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) र अनेमसंघ(क्रान्तिकारी)को पालिका स्तरीय भेला सम्पन्न भएको हो।
भेलाले कमलाको अध्यक्षतामा अनेमसंघ(क्रान्तिकारी) को ११ सदस्यीय गढवा पालिका कमिटी चयन गरेको छ । जसको सचिवमा सुनिता चौधरीलाई चयन गरिएको छ भने कोषाध्यक्षमामा विस्णी कुमाललाइ चयन गरिएको जनाइएको छ।

यस्तै भेलाले खुसीराम यादवको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) गढवा गाउपालिका कमिटी गठन गरेको हो। जसको सचिवमा मान बहादुर पुरीलाई चयन गरिएको हो भने कोषाध्यक्षमा रामलाल यादवलाइ चयन गरिएको नेकपा गढवाले जनाएको छ।

कमलाको अध्यक्षता एवं नेकपा दाङका विशेष कमिटी सदस्य विक्रमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा लमही नगर इन्चार्ज जनक, नेकपा गढवा गाउँपलिका इन्चार्ज महान,मधेसी मुक्ति मोर्चा नेपाल दाङ जिल्ला संयोजक शुर्य,नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्य भिम,श्रमिक समुदाय मोर्चा नेपाल दाङ जिल्ला कोषाध्यक्ष केशर, जनपत्रकार संगठन नेपाल दाङका सदस्य श्रवण कुमार यादवको आतिथ्य रहेको थियो।खुसीरामको स्वागत मन्तव्यबाट सुरु भएकोे कार्यक्रमको सहजीकरण पदमले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार