एमसीसीको ढोकाबाट पसेर आइपीएससम्म पुग्ने अमेरिकी रणनीति देखिन्छ : पत्रकार जगदीश भट्टराई

डेली न्युजराप्ती       २२ भाद्र २०८० ०६:३७ मा प्रकाशित     177 No Comments

एमसीसीको ढोकाबाट प्रवेश गरेर सैन्य रणनीति (IPS) सम्म पुग्ने रणनीति अमेरिकाको हुनसक्छ । तर उसले त्यो कुरा सिधै भनेको छैन । यसमा हाम्रो देश‌को गरीबि निवारण र विद्युत तथा सडक स्तरोन्नति मात्र छैन । यसमा अमेरिकाको विस्तारवादी नीति पनि हुन सक्छ । सम्झौताहरू जस्ताको त्यस्तै लागू हुन्छन् भन्ने पनि छैन । अमेरिकी बुद्धिजीवीहरुले नै एमसीसीप्रति आशंका गरेका छन् । र IPS नै एमसीसीको गन्तव्य भनेका छन् ।समाजवादी मोर्चामा रहेका चारवटा दलेहरूमध्ये नेकपाबाहेक अरु बोलेका छैनन् । एमसीसीलाई अगाडि बढाउन नमानेको कारण कानूनी र नैतिक प्रश्नहरु उठाएर पूर्व सभामुख महरालाई कारवाही गरिएको छ । एमसीसीको कारण कोहि समयको लागि आर्थिक सूचांकाङ्‌मा सुधार देखिन सक्छ । तर भविष्य झन् खराब हुनसक्छ एमसीसीका शर्तहरू, नेपालको प्रचलित कानून भन्दा माथि छन् र त्यो स्विकार्य छैन । नेकपाका कार्यक्रम र जनताको प्रतिवादले सरकारको ध्यान आकृष्ट हुनसक्छ । एमसीसीको पुनर्मुल्याङ्‌कन र संशोधन गर्न आवश्यक छ । संविधान त परिवर्तन गर्न सकिन्छ भने विकास परियोजना भनिएको एमसीसी संशोधन गर्न नसकिने कुनै कारण छैन ।

(नेपाली काङ्‌ग्रेस, गुल्मीका जिल्ला सचिवसमेत रहेका भट्टराई ‘नव–जनचेतना’ दैनिक पाल्पाका प्रधान सम्पादक पनि हुन् । २०८० भदौ २० गते नेकपाद्वारा तानसेन, पाल्पामा भएको गोष्ठिमा व्यक्त विचारको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार