नेकपा दाङ अन्तर्गत विभिन्न पालिकाका बैठक सम्पन्न

डेली न्युजराप्ती       १८ मंसिर २०७८ २०:१६ मा प्रकाशित     472 No Comments


न्यूजराप्ती,दाङ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्ला अन्तर्गत विभिन्न पालिकाको बैठक सम्पन्न गरेको छ।
शनिबार नेकपा बबई र गढवा गाउपालिकाको बैठक सम्पन्न भएको नेकपाले जनाएको छ। नेकपा दाङ जिल्ला कार्यालय सदस्य बिकाश वलीको प्रमुख आतिथ्य तथा अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज दिपक बिष्टको आतिथ्यमा सम्पन्न भएको नेकपा बबई गाउपालिकाको बैठकले पालिकामा भएका भ्रष्टाचार,बिकृती,बेथिति,बिसंगतिका विरुद्ध संघर्ष गर्ने, पार्टी निकट जबस मोर्चाका गाउपालिका स्तरीय सम्मेलनहरु गर्ने लगाएतका निर्णय गरेको जनाइएको छ। बैठकको अध्यक्षता संचालन नेकपा बबई गाउपालिकाका इन्चार्ज/सेक्रेटरी प्रतिरोधले गर्नुभएको थियो।

यस्तै नेकपा गढवा गाउपालिकाको बैठकले पनि पार्टी निकट जबस मोर्चाहरुका पालिका स्तरीय भेला/सम्मेलनहरु मंसिर महिना भित्र गरिसक्ने निर्णय गरेको छ। यस्तै बैठकले पालिकामा हुने विभिन्न भ्रष्टाचार,बेथिति,बिसंगती र जनताका विरुद्धमा हुने जनबिरोधी हर्कतका विरुद्ध कडा संघर्ष गर्ने निर्णय गरेको छ। नेकपा गढवा गाउपालिका इन्चार्ज/सेक्रेटरी महानको अध्यक्षता तथा संचालनमा भएको बैठकमा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य सुरजको आतिथ्य रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार