कोरोना संक्रमणका कारण दाङमा एकजनाको मृत्यु, ४८ नया संक्रमित थपिए

डेली न्युजराप्ती       ३ माघ २०७८ १८:३४ मा प्रकाशित     311 No Comments


तुलसीपुर,३ माघ । दाङमा २४ घण्टाको अवधिमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १ सय १८ जनाको एन्टिजेन विधिबाट प्ररीक्षण गर्दा तुलसीपुरका ४० जना र राप्तीका ८ जना गरी ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जानकारी दिएको छ । सोहि अवधिमा १६ जना संक्रमण मुक्त भएका छन । कोरोना मुक्त हुनेमा तुलसीपुरका १५ जना र घोराहीको १ जना रहेका छन ।
त्यसैगरी जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३ सय ५५ रहेको केन्द्रले जनाएको छ । त्यसैगरी जिल्लामा अहिले ४ जना आईसीयुमा, १ जना सामान्य वार्डमा र ३ सय ५० जना होम आइसोलेसनमा रहेको केन्द्रले जानकारी दिएको छ । यस्तैगरी दाङका एक कोरोना संक्रमितको बाँकेको भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर ६ का ४१ बर्षिया एक महिला रहेको तुलसीपुर कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । यसैविच तुलसीपुर क्षेत्रमा ५५ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना फोकल पर्सन बिमल केसीका अनुसार मेट्रो अस्पताल तुलसीपुरमा सोमवार ५५ जनाको कोरोना परिक्षण गरिएको हो । यो संगै तुलसीपुरमा सक्रिय संक्रमितको संख्या २२९ पुगेको छ । यस अघि हिजो ५१ जनाको परिक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार