तुलसीपुर । लुम्बिनी प्रदेश सरकारले दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई दुई सय सैया बनाउनकालागि ६ करोड रुपैया बजेट विनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले शुक्रबार बजेट विनियोजन गर्दै दुई सय सैया बनाउनुकासाथै अत्याधुनिक सुविधायुक्त शल्यक्रियाकालागि चाहिने औजार उपकरण खरिद एवं ब्यबस्थापनकालागि उक्त बजेट विनियोजन गरिएको हो । यस अघि ५० सैयामा अस्प्ताल सञ्चालनमा थियो ।
साथै अस्पतालमा डाइलाईसिस सेवा विस्तार गरी इरोथ्रोपाईटिन औषधीमा सहुलियत उपलब्ध गराउन बजेट विनियोजन भएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.