मुख्य प्रशिक्षक ह्वाटमोर द्वारा राजिनामा घोषणा

डेली न्युजराप्ती       ११ भाद्र २०७८ २१:२४ मा प्रकाशित     601 No Comments


शिवराज वली,दाङ।नेपाली राष्ट्रिय क्रीकेट टिमका मुख्य प्रशिक्षक डेभ व्हाटमोर ले मुख्य प्रशिक्षकबाट राजिनामा दिने भएका छन।
शुक्रबार नेपाल क्रीकेट संघ (क्यान) लाई पठाएको पत्रमा उनले उक्त कुरा बताएका छन। उनले सेप्टेम्बर १९ सम्म ओमानमा संचालन हुने विश्वकप लिग -२ सकिएपछि नेपाली क्रीकेटको मुख्य प्रशिक्षकको भुमिका मा नरहने जनाएका छन। व्हाटमोर गत डिसेम्बर महिनामा नेपाली क्रीकेट टोलिको मुख्य प्रशिक्षक को रुपमा १ बर्षको लागि नेपाल आएका थिए। उनको १ बर्षको अबधि सकिन अझै ४ महिना बाकी रहेतापनी कोरोनाको महामारी समयमा परिवारबाट टाढा रहेर काम गर्न निक्कै समस्या रहेको पत्रमा उल्लेख गरेका छन। उनको नेतृत्वमा नेपाली टोलीले कोरानाका कारण धेरै खेलहरुमा सहभागी हुन नपाए पनि गत अप्रिलमा भएको नेपाल,मलेसिया र नेदरल्याण्डविच भएको त्रिकोणात्मक सिरिज जितेको थियो। उनकै प्रशिक्षणमा नेपाली टिमको व्याटिङमा निक्कै सुधार भएको मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार