नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगर कमिटीको चौथो पुर्ण बैठक सम्पन्न

डेली न्युजराप्ती       २३ आश्विन २०७८ १८:५१ मा प्रकाशित     698 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगरपालिका कमिटीको चौथो पुर्ण बैठक सम्पन्न भएको छ।

नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज/सेक्रेटरी बिकाशको संचालन तथा अध्यक्षता भएको बैठकको प्रमुख आतिथ्य नेकपा केन्द्रिय समिति सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले गर्नुभएको थियो। बैठकमा प्रशिक्षाणात्मक मन्तव्य राख्दै नेता शितलले राज्यले आफुहरुलाइ युद्धमा जबर्जस्त जान बाध्य बनाउन ठूलो चलखेल गरिरहेको बताए। उनले भने,” हिजो राज्यले गैरकानुनी ढंगले प्रतिबन्ध थोपर्ने काम गर्यो,आजपनि राज्य तीन बुदे उल्लंघन गरेर जबर्जस्त युद्ध थोपर्न खोजिरहेको छ”। आफुहरुले नेपालमा युद्ध नभएर क्रान्ती गर्न खोजेको तर राज्यले युद्ध चाइरहेकाले त्यसैका विरुद्ध हामी प्रतिरोध गरिरहेका छौं, नेता शितलको भनाइ थियो।
शितलले शान्तिपुर्ण कार्यक्रम मार्फत जनतामा पार्टीका नेता-कार्यकर्ताहरु सहज ढंगले जादा राज्यले अनावश्यक बल प्रयोग गर्न चलखेल गरिरहेको प्रती आक्रोश व्यक्त गरेका थिए। संसदीय व्यवस्थाको असफलताले देश र जनता चरम संकटमा रहेको भन्दै पार्टीले निर्विकल्प समाधानका लागि प्रगतिशील संयुक्त सरकार जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापनाको एजेन्डा अघि सारेको बताउनुभयो।

बैठकले कार्तिक १३ गते घोराहीमा विप्लवले सम्बोधन गर्नुहुने युवा संगठन नेपालको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह भव्य रुपमा सफल पार्न तयारी गर्ने,एमसिसि सम्झौताका विरुद्ध संघर्ष गर्ने,सामाजिक विभेद,बिकृती,बिसंगतिका विरुद्ध संघर्ष गर्ने,मंसिर ८ गते पार्टी पुनर्गठन दिबशको अवसरमा काठमाडौमा हुने विशाल जनसभालाइ सफल बनाउन जिल्लामा व्यापक जनपरिचालन मार्फत कार्यक्रम अघि बढाउने जस्ता महत्वपूर्ण निर्णय गरेको छ।
बैठकमा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा उत्पादन बिभाग प्रमुख किरण,नेकपा दाङ जिल्ला कमिटी सदस्य एवम स्कुलिङ बिभाग दाङका प्रमुख रुद्र, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य सन्जय,नेकपा दाङ जिल्ला कमिटी सदस्य कमला रोकाय,जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वलीको आतिथ्य रहेको थियो।

नेकपा दंगिशरण गाउपालिकाको तेस्रो पुर्ण बैठक सम्पन्न
नेपाल कम्युनिस्ट पार्टी दंगिशरण गाउपालिकाको तेस्रो पुर्ण बैठक पार्टी गाउपालिका इन्चार्ज/सेक्रेटरी राजकुमारको अध्यक्षता तथा संचालनमा शनिबार सम्पन्न भएको हो। नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले १५ सदस्यीय गाउपालिका कमिटी पुनर्गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार