साझा दृष्टिकोण नबनाए देश अगाडि जाँदैन : नेता सुवाष 

डेली न्युजराप्ती       १७ फाल्गुन २०८० २१:५७ मा प्रकाशित     92 No Comments

हेमन्त प्रकाश वली ।

फागुन १७ , दाङ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य सुबाश सीले साझा दृष्टिकोण नबनाए देश अगाडि नबढ्ने जिकिर गर्नुभएको छ ।

बिहीवार दंगिशरण गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै नेता सुबाशले उक्त कुरा बताउनुभएको हो ।

साझा दृष्टिकोण नबनाए देश अगाडि जाँदैन , नेता सुबाशले भने – ‘ नेपालमा अहिले राजनीतिक संकट गहिरो छ भन्नेमा सबै सहमत नै छौँ तर यसको निकास कसरी दिने भन्नेमा हामी बाहेक कुनै राजनीतिक दलले सोचेका छैनन् । हामिले संसदीय सत्ताको विकल्पमा अहिलेकै परिस्थितिमा नेपाली बिशेषताको समाजवादबाट हल गरौं भनेका छौँ ।’

नेपालका सबै दलहरुले समाजवाद भनिरहेका छन् , समाजवादको नाममा जनताबाट चुनिएका छन् तर जनताले समाजवाद भोग्न पाएनन् , उनले थप भने , ‘ समाजवाद भन्ने कुरा मात्रै होईन त्यो जनतालाई प्रदान गराउने कुरा हो । हामी नेपालका सबै दलहरुलाई अपिल गरिरहेका छौँ कि अब समाजवादको बहस गरौं । बहस मात्रै होइन अब समाजवादलाई नेपाली मौलिकता र बिशेषतासंग जोडेर अहिलेको राजनीतिक संकटको निकास दिन साझा एजेन्डा र कार्यक्रमहरु बनाउन तयार बनौं ।’

नेता सुवाषले राजनीतिक , आर्थिक , सामाजिक , सांस्कृतिक लगाएतका तमाम क्षेत्रहरु दिनप्रतिदिन संकटग्रस्त भइरहेकाले यसको निकास समयमै दिन नसके मुलुक गम्भीर दुर्घटनामा जाने समेत बताउनुभएको थियो ।

राष्ट्रिय स्वाधीनता इतिहासकै संकटग्रस्त  अवस्था छ , उनले भने ‘ नेपालमा अमेरिका आइपुगेको छ । संसदवादी दलालहरुको बुद्धिका कारणले एमसिसी मार्फत अमेरिका सिधै नेपाल प्रवेश गरेको छ । यो देशलाई युद्धमा फसाउने , यहाँका प्राकृतिक स्रोत साधनहरु कब्जा गर्ने , छिमेकी मुलुक चीनका विरुद्ध घेराबन्दी गर्ने रणनीति सहित अमेरिका नेपाल आएको छ । हामिले पहिले नै भनेका थियौं अमेरिका सहयोगको नाममा बिषालु विष लिएर आएको छ । हामिले अमेरिकाको बारेमा गरेको बिश्लेशन अहिले सत्य साबित भएको छ । एमसिसी प्रोजेक्ट अहिलेपनि खारेज गर्ने अभियानमा सबै देशभक्त , राष्ट्रवादी , बामपंथीहरु मिल्न नसक्ने हो भने हेर्दाहेर्दै यो देश युक्रेन बन्नेछ ।’

अक अर्को प्रसंगमा बोल्दै नेता सुबाशले नेपाली बिशेषताको समाजवादले नेपालका श्रमिक , किसान , मजदुर , महिला , युवा , सुकुम्बासी , बिद्यार्थी , राष्ट्रिय उधमी , व्यवसायी , व्यापारी , बुद्धिजीवी सबैलाई अधिकार सम्पन्न गराउदै मुलुकलाई राजनीतिक ढंगले स्थिर , आर्थिक रुपले आत्मनिर्भर , सामाजिक , सांस्कृतिक लगाएतका सबै समस्याहरु हल गर्ने बिश्वास समेत व्यक्त गर्नुभएको थियो ।

नेकपा पश्चिम दाङ अन्तर्गत दंगिशरण गाउँपालिका समितिको आयोजनामा राष्ट्रिय स्वाधीनताको रक्षा र आर्थिक समृद्धिको अग्रगामी निकास , नेपाली राजनीतिक विचारको रक्षा र विकास विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

नेकपाका पिबिएम एवम प्रमुख वक्ता सुवाष सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रदिप सी , पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्य विकाश सी , युवा संगठन नेपालका महासचिव तिलक सी , दंगिशरण गाउँपालिका वडा नं. ४ का अध्यक्ष कमल चौधरी , नेकपा ( माके ) का नेता बिन्दु , गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय सदस्य बंशिधर आचार्य , युवा नेता तथा पुर्व जनमुक्ती सेना गोबिन्द भण्डारी , नेकपा ( माके ) दंगिशरणका नेता लोक बहादुर खड्का लगाएतको आतिथ्यता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा कार्यपत्रमाथी गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेशका इन्चार्ज रुद्र सी , नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय सदस्य बंशिधर आचार्य , दंगिशरण गाउँपालिका वडा नं.४ का अध्यक्ष कमल चौधरी , युवा संगठन नेपालका महासचिव तिलक सी , नेकपा ( माके ) का नेता बिन्दु , नेकपाका केन्द्रीय प्रतिनिधि समितीका सदस्य विकाश सी , नेकपाका केन्द्रीय सदस्य प्रदिप सी लगाएतले सुझाब सहितको टिप्पणी व्यक्त गर्नुभएको थियो।

कार्यपत्रमाथी उठाइएका सुझाब सहितका टिप्पणीमाथिको व्याख्या सहित प्रष्ट पार्ने काम नेकपाका पिबिएम एवम कार्यक्रमका प्रमुख वक्ता सुवाष सीले गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सीले गर्नुभएको थियो भने सहजीकरण नेकपा तुलसीपुर नगर कमिटीका इन्चार्ज भुवन सीले गर्नुभएको थियो भने स्वागत मन्तव्य नेकपा पश्चिम दाङ जिल्ला कमिटी सदस्य मनोज सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार