संसदवादी दलहरुले जबर्जस्त एमसिसी लाद्न खोजे परिणाम भयानक हुन्छ: नेता शितल

डेली न्युजराप्ती       २६ माघ २०७८ १८:१० मा प्रकाशित     414 No Comments


हेमन्त प्रकाश वली, दाङ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलले दक्षिण एसियामा बढ्दो कम्युनिस्ट प्रभावका विरुद्ध एमसिसी परियोजना रहेको बताउनुभएको छ।
आज बुधबार दाङको घोराहीमा आयोजित बिरोध प्रदर्शन पछिको सभालाइ सम्बोधन गर्दै नेता शितलले उक्त कुरा बताउनुभएको हो। नेता शितलले एमसिसी परियोजना मार्फत अमेरिकी साम्राज्यवादले दक्षिण एसियामा कम्युनिस्ट प्रभावलाई निस्तेज पार्ने, नेपाली भुगोल प्रयोग गरि बिश्वको महाशक्ती राष्ट्रको रुपमा उदाउदै गरेको चिनलाई घेर्ने र नेपालमा रहेका बहुमुल्य खनिज पदार्थहरुको कब्जा गर्ने मुलभुत रणनीतिका साथ जबर्जस्त एमसिसी लाद्न खोजेको बताउनुभएको हो।
नेता शितलले नेपालको राष्ट्रियता,स्वाधीनतामाथीको कुनैपनी हस्तक्षेप नेपाली जनतालाइ स्विकार्य नहुने बताउनुभयो। साथै उहाले संसदवादी दलहरुले जबर्जस्त एमसिसी लाद्न खोजे त्यसको परिणाम भयानक हुने चेतावनी समेत दिनुभयो।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी मशाल दाङका प्रवक्ता भरत भण्डारीले हिजोका क्रान्तिका नायक प्रचण्ड साम्राज्यवादको बफादार नोकर बनेको प्रती आश्चर्य व्यक्त गर्नुभएको थियो। उहाले भन्नुभयो,” एमसिसी परियोजना कांग्रेसले पास गर्छु भन्नू कुनै आश्चर्य होइन तर तथाकथित क्रान्तीका नायक भनिने प्रचण्ड अमेरिकी साम्राज्यवादको बफादार नोकर बनेको देख्दा आश्चर्य हो।”
नेता भण्डारीले एमसिसी जबर्जस्त पास गर्न खोजे सबै नेपालीहरु अब एकपटक मुक्ती युद्ध लड्न समेत तयार रहनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रमलाइ सम्बोधन गर्दै अर्का वक्ता नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य हिरामणी दुखी(चिन्तन)ले एमसिसी परियोजनामा समाबेश राष्ट्रघाती बुदाहरुको बारेमा प्रष्ट पार्दै कुनैपनी हालतमा एमसिसी पास हुन नदिने चेतावनी दिनुभएको थियो। उहाले नेपाली जनताले एकपटक एमसिसी सम्झौता अनिवार्य अध्यन गर्नुपर्ने समेत बताउनुभयो। नेता चिन्तनले एमसिसी पास गरे नेपालमा अर्को युद्ध हुने समेत चेतावनी दिनुभएको थियो।

कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा मालेका जिल्ला सचिव नेत्र पाण्डेले एमसिसी सम्झौता तत्काल खारेजिको माग गर्नुभएको हो। उहाले देश बेच्न आतुर दलालहरु बेलैमा नसच्चिए नेपाली जनताको शक्तिशाली आन्दोलनले पाखा लगाउने चेतावनी समेत दिनुभयो।
दाङमा कृयासिल ४ कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी,नेकपा मशाल,नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा मालेको आयोजनामा आयोजित एमसिसी विरुद्ध बिरोध प्रदर्शन घोराही बजारका विभिन्न चोक परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो।
बिरोध सभाको सहजीकरण नेकपा मशालका दाङ जिल्ला कमिटी सदस्य सुशील पोख्रेलले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार