राजेन्द्र रावत क्षेत्री , पुस १०, प्यूठान ।। नेपाल कम्युनिष्ट पार्टी निकट पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन प्युठानकाे पाँचौ जिल्ला सम्मेलन आज सम्पन्न भएको छ ।
शनिवार सम्पन्न सम्मेलनलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा अखिल नेपाल शिक्षक संगठन का बरिस्ठ केन्द्रीय उपाध्यक्ष लक्षिराम ढकाल ले नेपाल काे माटाे सुहाउँदो , प्राविधिक , व्यवहारिक तथा वैज्ञानिक र निशुल्क शिक्षा प्रणाली आजकाे अनिवार्य आवश्यक्ता रहेकाे बताएका छन् । उनले राज्यसत्ताको अाधार परिवर्तन नगरी उपरी संरचना परिवर्तन हुदैन । यसर्थ राज्यसत्ताको अाधार र उपरी संरचनामा परिवर्तन नगरे सम्म शिक्षामा अामुल परिवर्तन सम्भव नरहेकाे बताए । शिक्षालाई निजिकरण र व्यापारीकरण नगरी राज्यकाे दायित्व र जनताकाे अधिकारकाे रुपमा हुनुपर्ने कुरामा उनले जाेड दिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज दल ब. के.सी.(जागृति)ले वर्तमान शिक्षा प्रणाली हुदाखानेकाे नभई हुनेखानेकाे पक्षमा रहेकाेले शिक्षामा अामुल परिवर्तन अावश्यक रहेकाे बताए ।कार्यक्रममा संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष नारायण भण्डारीले वर्तमान समयमा सरकारले नै शिक्षकलाई विभेद गरेकाे बताएका छन् । विभेद र सबैखाले शैक्षिक बिकृतिका विरुद्ध संगठन खराे रुपमा उत्रनु पर्ने उनले बताए । कार्यक्रममा ने कपा प्युठान का पुर्व इन्चार्ज सुर्यप्रकाश, संगठनका केन्द्रीय सदस्य तथा राेल्पा , प्युठानका इन्चार्ज बिरवल वली , र गुल्मी , अर्घाखाँची इन्चार्ज लक्ष्मण वली , अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य प्रदिप कवर लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेकाे थिए ।
सम्मेलन ले शिव बहादुर थापा काे अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति प्युठान निर्वाचित गरेकाे छ । जस्काे उपाध्यक्षमा एगम सुनार , महिला उपाध्यक्ष टीका गिरी ( शुसिला) , सचिव बाेम बहादुर राँहु , सह सचिव एलिना सेन र मदन अधिकारी , काेषाध्यक्ष अमृत सुनार ,त्यस्तै सदस्यहरुमा कमला घर्ती , मुम बहादुर पुन , मान बहादुर के. सी. सञ्जय अधिकारी लगायत रहेका छन् ।
कार्यक्रमकाे स्वागत मन्तव्य एगम सुनार र संचालन बाेम ब. राँहुले गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.