सेक्रेटरी प्रदिपद्वारा न्यूज राप्ती सफलताको शुभकामना व्यक्त

डेली न्युजराप्ती       ८ श्रावण २०७८ १२:१९ मा प्रकाशित     1129 No Comments

प्रगतिशिल र क्रान्तिकारी सुचना प्रवाहमा महत्वपुर्ण भुमिका खेलोस-प्रदिप
न्यूज राप्ती श्रावन-८,दाङ।
नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदिपले शहीद महान स्मृति संचार गृह प्रा.ली.द्वारा संचालित “समृद्ध समाजको संवाहक” न्यूज राप्ती डिजिटल पत्रीका(www.newsrapti.com)सफलताको शुभकामना व्यक्त गरेका छन।

सेक्रेटरी प्रदिपले आज एक शुभकामना वक्तव्य जारी गर्दै सवै नागरिक सुचना पाउने हकबाट बन्चित भइरहेका र यदि सुचना आइहाल्यो भने पनि आफ्नो भजन मन्डली अनुसार आएको उल्लेख गरेका छन।त्यसैले त्यस्ता सुचना संचारको विकल्पमा सहि तथ्य सत्य सुचना संवाहकमा भुमिका खेल्दै समाजलाइ अग्रगामी दिशामा  अगाडी बढाउन,राजनीतिक,आर्थिक,सामाजिक लगाएतका सहि सुचना र संचार क्षेत्रमा देखिएको विकृति विसंगतिलाई चिर्दै प्रगतिशिल र क्रान्तिकारी विचार प्रवाहमा महत्वपूर्ण भुमिका खेलोस भन्ने शुभेच्छा प्रकट गरिएको छ।

सेक्रेटरी प्रदिपले संसदीय व्यवस्थाका असफल नेतृत्ववाट नया नेपाल,समाज विकास र नेपाल जनता सार्वभौम बन्ने कुनै आधार नदेखिएकाले आफ्नो पार्टीले अघि सारेको नया राजनीतिक कार्यनीतिक नारामा गोलवन्द हुँदै व्यवस्था परिवर्तनको महासंग्राममा हुन अपिल समेत गरेका छन।

बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार