तुलसीपुरका माधव रेग्मीले रोजे विप्लव नेतृत्वको नेकपा

डेली न्युजराप्ती       ७ जेष्ठ २०८१ १७:३९ मा प्रकाशित     321 No Comments

जेठ ७ , तुलसीपुर । लामो समयसम्म स्वतन्त्र बसेका तुलसीपुरका माधव रेग्मी विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबिकृत भएका छन् ।

सोमबार नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगर कमिटीको बैठकमा पार्टीमा ध्रुबिकृत हुनु भएका तुलसीपुर १५ का रेग्मीलाई पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी लगाएतका नेताहरुले स्वागत गर्नुभएको हो ।

नेता माधव रेग्मीलाई पार्टीमा स्वागत गर्दै नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी

तुलसीपुर -१५ बस्ने माधव रेग्मी माओवादी आन्दोलनका सक्रिय नेता हुनुहुन्छ । उहाँ लामो समयदेखी माओवादी आन्दोलनमा राजनीतिक बिचलन , स्खलन देखिएपछि जिम्मेवारी नलिइ स्वतन्त्र बस्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबिकृत हुँदै रेग्मीले माओवादी आन्दोलनमा देखिएको बिचलन , स्खलनका विरुद्ध विप्लवले क्रान्तीको झण्डा सचेततापुर्वक उठाएकाले आफू पार्टीमा जोडिएको बताएका हुन् ।

नेता रेग्मीले विप्लवबाट जनताले ठूलो अपेक्षा गरेकाले कुनैपनि मूल्य चुकाएर भएपनी एकीकृत जनक्रान्ती पूरा गरि नेपाली जनतालाई समाजवादी व्यवस्थाबाट समृद्ध बनाउनुपर्ने धारणा राखेका थिए ।

यसैबिच नेकपा तुलसीपुर उपमहानगरपालिकाले पार्टीको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकले पालिकामा समाजवादका पक्षमा राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार