नेकपा दाङद्वारा पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध मशाल जुलुस प्रदर्शन(फोटोफिचर)

डेली न्युजराप्ती       २६ कार्तिक २०७८ २०:२३ मा प्रकाशित     1251 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध जिल्लाका विभिन्न ठाउमा मशाल जुलुस प्रदर्शन गरेको छ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका स्थित बिरेन्द्र चोकमा भव्य मशाल जुलुस प्रदर्शन पछिको कोणसभालाइ सम्बोधन गर्दै नेकपा दाङका कार्यालय सदस्य एवम जिल्ला उत्पादन बिभाग प्रमुख किरणले दलाल सत्ताको उपहार केवल महंगी र मुल्यबृद्धी भएको जिकिर गर्नुभयो। उहाले पेट्रोलियम पदार्थको मुल्यबृद्धी फिर्ता नभए आफुहरु मशालको मुस्लो बोकेर संसद भवनसम्म छिर्ने चेतावनी दिनुभयो। उहाले भन्नुभयो,”हामी प्रचण्ड प्रजातिका कम्युनिस्ट होइनौं,हामी भिन्न प्रजातीका कम्युनिस्ट हौं,जनताको मुक्तीका खातिर बलिदान गर्न तयार भएर हिडेका छौं”। नेता किरणले श्रमजीवी जनतामाथीको दोहन तत्काल नरोके आफुहरुको संघर्ष भयानक हुने उद्घोष गर्नुभयो। कांग्रेस एमाले लगाएतका संसदवादी राजनितिक पार्टीका युवाहरुलाइ आफ्नो सरकारले गरेको गलत कार्यका विरुद्ध लड्ने साहास गर्न नेता किरणको जोड थियो। कम्तिमा जनतालाई टाट पल्टाउने गरि गरिएको मुल्यबृद्धीका विरुद्धमा बोल्ने आट गर्नुस, नेता किरणले भन्नुभयो।

नेता किरणले पेट्रोलियम पदार्थमा गरिएको चरम मुल्यबृद्धीका विरुद्ध आफ्नो पार्टीले घोषणा गरेका संघर्षका कार्यक्रम अन्तर्गत आज देशव्यापी मशाल जुलुस गरेको बताउनुभयो।नेता किरणले ३० गतेको नेपाल बन्द आम जनताको प्रत्यक्ष जिवनसंग जोडिएको पेट्रोलियम पदार्थको मुल्यबृद्धीका विरुद्ध भएकोले ऐक्यबद्धता तथा सहभागिताका लागि सम्पुर्ण दंगाली जनसमुदायलाई अपिल समेत गर्नुभयो।

यस्तै नेकपा दाङ अन्तर्गत घोराही उपमहानगर कमिटीले घोराही स्थित तुलसीपुर चोकमा भव्य मशाल जुलुस सहित कोणसभा सम्पन्न गरेको जनाएको छ। घोराहीको बिरोध कोणसभालाइ अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य अनिलले सम्बोधन गर्नुभएको थियो। यता नेकपा राजपुर गाउपालिकाले मोतिपुरमा मशाल जुलुस प्रदर्शन गरेको छ। मशाल जुलुस प्रदर्शन पछिको कोणसभालाइ सम्बोधन राजपुर गाउपालिका इन्चार्ज उज्ज्वले गर्नुभएको हो भने कोणसभाको संचालन हरीले गर्नुभएको जनाइएको छ। यस्तै नेकपा बबई गाउकमिटिले पालिकाका दुई मुख्य स्थान हापुरे र हंसपुरमा मशाल जुलुस सहित कोणसभा कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

हंसपुरमा भएको मशाल जुलुस पछिको कोणसभालाइ नेकपा दाङ जिल्ला सदस्य रण बहादुर वलीले सम्बोधन गर्नुभएको थियो भने हापुरेमा भएको मशाल जुलुस प्रदर्शन पछिको कोणसभालाइ सम्बोधन नेकपा बिशेष कमिटी सदस्य दिल बहादुरले गर्नुभएको थियो भने कोणसभाको सहजीकरण पार्टी गाउकमिटी सदस्य तारा वलीले गर्नुभएको हो।
यस्तै नेकपा लमही नगरकमिटिले नगरको लमही चोकमा भव्य मशाल जुलुस सहित पेट्रोलियम पदार्थमा राज्यले गरेको चरम मुल्यबृद्धीको बिरोध गरेको जनाएको छ भने नेकपा राप्ती गाउपालिकाले पनि मुल्यबृद्धीका विरुद्ध मशाल जुलुस कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ।

यस्तै नेकपाले जिल्ला अन्तर्गत रहेका अन्य पालिकाका मुख्य सहरहरुमा पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्धमा भव्य मशाल जुलुस प्रदर्शन कार्यक्रम सम्पन्न गरेको जनाएको छ।
फोटोफिचर:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार