नेकपा दाङद्वारा विभिन्न पालिकामा सहिद,वेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई अभिनन्दन

डेली न्युजराप्ती       २१ फाल्गुन २०७८ ११:२७ मा प्रकाशित     306 No Comments

घोराही। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीले महान जनयुद्धको २७ औं वार्षिकोत्सवको अबसरमा ५४ जना सहिद, वेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई अभिनन्दन गरेको छ। पार्टी कमिटीले सहिद सप्ताहको अबसरमा शुक्रबार घोराहीको गोग्लीमा एक कार्यक्रमबीच सो परिवार तथा योद्धाहरुलाई अभिनन्दन गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका इन्चार्ज शीतलले यो दलाल संसदीय पुजीवादी व्यवस्थालाई समाप्त गरेर नेपाल वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने र त्यो समाजवादी व्यवस्था मार्फत हाम्रा वास्तविक सहिदहरुका सपना पूरा गर्ने बताए।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता शीतलले देश र जनताका लागि आफुहरु निरन्तर अभियानमा लागिरहेको हुँदा सहिद परिवारहरुले क्रान्तिकारी पार्टीलाई प्रत्यक्ष परोक्ष सहयोग गर्नुपर्ने प्रष्ट पारे ।

हामी विचारमा कही झुकेनौ र चुकेनौ´ उनले भने हामीले हाम्रो क्रान्तिकारी विचारसहितको सपनालाई साकार पार्ने संकल्प एकरत्ति कतै डगमगाउन दिएका छैनौं ।´
दशवर्षे महान जनयुद्धको मुख्य उद्देश्य भनेको राजनन्त्र र यो संसदीय व्यवस्था अन्त्य गर्ने र देशमा जनवादी व्यवस्था लागु गर्ने लक्ष्यकासाथ सुरु भएको र त्यही दुई उदेश्य पूरा गर्नका लागि सहिदहरुले रगत बगाएका थिए । पार्टी शान्ति प्रक्रियामा आएसँगै राजतन्त्र अन्त्य त भयो तर संसदीय व्यवस्था अन्त्य भएन् र त्यसो हुनुको मुख्य कारण पार्टी नेतृत्व प्रचण्डले संसदीय व्यवस्थामै घुँडा टेक्नु भएको उनले स्पष्ट पारे।
राष्ट्रघाती एमसीसी पास गर्ने दलालहरुलाई अपराधीक घोषणा गर्नुपर्ने नेता शीतलले उद्घोष गरे। अमेरिका सहयोग परियोजना मार्फत नेपाल आउने र विश्वब्यापी रुपमा उदाइरहेको शक्ति राष्ट्र चीनलाई नेपाली भूमिबाटै घेर्ने योजनामासाथ अगाडि आएको उनको भनाइ छ।

वेपत्ता योद्धा समाजका अध्यक्ष सुन्दरले जनयुद्धका सहिद, वेपत्ता परिवार तथा घाइते योद्धाहरुको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताह दिवस मनाउने गरेको बताए। उनले अब हामीले सहिद परिवारको नाम घोषणा, वेपत्ता परिवारको खोजी र घाइते योद्धाको उपचार गर्नुपर्ने माग लिएर काठमाण्डौंको सिंहदरबार घेर्न जानुपर्ने उद्घोष गरे ।

नेकपा विषेश कमिटी सदस्य सम्झनाले नेपाली जनताले थालेको महान जनयुद्धको १४ दिनमै ११ वर्षीय दिलबहादुर रम्तेलले रगत बगाएको बताइन् । देश र समाज परिवर्तनका लागि जनयुद्धमा बलिदान दिएका सहिदका सपना तथा वेपत्ता र घाइते योद्धाहरुको उद्देश्य पूरा नभएको र जनयुद्धका लिडरहरुले सहिदका सपना तथा बलिदानमाथि विश्वासघात गरेर प्रतिकान्तिमा लगेको प्रष्ट पारिन्। यो दलाल व्यवस्थाले ब्याख्यात्मक टिप्पणी गर्दै राष्ट्रघाती एमसीसी पास गरेको र त्यसको विरुद्ध हाम्रो पार्टीले सशक्त बिरोध गरिरहेको र अब वैशाख ३० स्थानीय चुनावमा भोट माग्न आउने दलाल, गद्दारी र भ्रष्टहरुलाई गाउँगाउँबाट लखेट्नुपर्ने उनको भनाइ थियो।

सहिद परिवारका तर्फबाट आफ्ना भनाइ राख्दै रामबहादुर चौधरी र रजनी चौधरीले हामी सबै एक हुनुपर्ने बताए। सहिद, वेपत्ता परिवार तथा घाइते योद्धाहरु एक ठाउँमा हुनुपर्नेमा उनीहरूले जोड दिए। कम्युनिस्ट पार्टीहरु एक भएमात्र सहिद परिवारका सोच तथा उद्देश्य पूरा हुने उनीहरुको भनाइ थियो।

घोराही उपमहानगरपालिकाभित्र रहेका सहिद परिवारका सरिता चौधरी, दिनेश नेपाली, सोमकुमारी चौधरी, पुष्पा परियार, बसन्ता चौधरी, सुशीला विक, सीता रेग्मी, सुन्तली चौधरी, मनिषा वली, सृजना पुन, पार्बती चौधरी, भुवन केसी, चन्द्रा योगी, विदनी चौधरी, बजरी चौधरी, सुमरी चौधरी, अंग्रेजी चौधरी, बसन्ती चौधरी, गीता चौधरी, मति चौधरी, लक्ष्मी चौधरी, चमेली चौधरी, पुन्य चौधरी, भवनी चौधरी, सुनिल चौधरी, साबित्रा विक, सम्झना लगायत ४९ जनालाई अबिर टीका लगाइ दोसल्ला ओडाएर अभिनन्दन गरिएको थियो।

त्यसैगरी वेपत्ता योद्धा सुशीलकुमारी थापा, रामप्रसाद चौधरी र घाइते योद्धामा जयबहादुर बुढा, सिताराम चौधरी,गेमबहादुर घर्तीलाई अभिनन्दन गरिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरका इन्चार्ज निर्मल केसीको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शीतलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वेपत्ता योद्धा परिवारका केन्द्रीय अध्यक्ष सुन्दर, नेकपा विषेश कमिटीका सदस्य सम्झना लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेकपा कम्युनिस्ट पार्टी घोराही १७ का इन्चार्ज मोतीले गरेका थिए।

नेकपा लमही नगर,राप्ती गाउपालिका,गढवा गाउपालिका,राजपुर गाउपालिकाको संयुक्त आयोजनामा शहिद,वेपत्ता परिवार तथा घाइते योद्धाहरुको अभिनन्दन:
यस्तै शुक्रवार नेकपा लमही नगर,राप्ती,गढवा,राजपुर गाउपालिकाको संयुक्त आयोजनामा सहिद,वेपत्ता परिवार तथा जनयुद्धका घाइते योद्धाहरुलाइ अभिनन्दन गरिएको जनाइएको छ। लमही नगरपालिका स्थित उधोग बाणिज्य संघको सभाहलमा अभिनन्दन गरिएको थियो।
अभिनन्दन कार्यक्रममा बोल्ने वक्ताहरुले शहिदहरुको सपना साकार पार्न नेपालमा वैज्ञानिक समाजवादको स्थापना गर्नुपर्ने धारणा राखेका थिए। वक्ताहरुले प्रचण्ड,बाबुरामहरुको गद्दारीका कारण ऐतिहासिक जनयुद्धका लक्ष्य उदेश्यहरु पूरा हुन नसकेको जिकिर गरेका थिए। राष्ट्र र राष्ट्रियता गम्भीर संकटमा परेको भन्दै राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर्न नेपालमा आन्दोलनको आधिबेरी सृजना गर्नुपर्ने समेत वक्ताहरुको जोड थियो।
नेकपा बिशेष कमिटी सदस्य बिक्रमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा दाङका सेक्रेटरी प्रदिप,नेकपा लमही नगर इन्चार्ज जनक,नेकपा राप्ती गाउपालिका इन्चार्ज बिजय,नेकपा गढवा गाउपालिका इन्चार्ज महान,नेकपा राजपुर गाउपालिका इन्चार्ज उज्वल लगाएतको आतिथ्य रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार