हेमन्त प्रकाश ओली ।
साउन ९ , दाङ । नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो इन्चार्ज सविन सीले मानिसहरु आफ्नै उत्पादन , पौरख र पसिनामा बाँच्नुपर्ने बताएका छन् ।
नेकपा पुर्वी दाङको धान रोपाइँको उद्घाटन गर्दै नेता सविनले उक्त कुरा बताएका हुन् ।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका नेता सविनले पार्टीको पुर्वी दाङले ३ विघा जमिनमा धान रोपाइँ उद्घाटनको मन्तव्य राख्दै भने – ‘आफ्नै उत्पादन ,पौरख र पसिनाद्वारा मानिसहरु बाच्नुपर्छ । आयातलाई प्रतिस्थापन गर्दै निर्यातमुखी कृषि अर्थतन्त्रको विकासका लागि पार्टीले देशभर कृषि उत्पादनलाई अगाडि बढाइरहेको छ । हाम्रो उद्देश्य बाँझो जमिनलाइ उत्पादनशिललाई बनाउदै उत्पादनद्वारा नेपाली जनतालाई आत्मनिर्भर बनाउने पनि हो । साथै पार्टी नेता-कार्यकर्तालाई उत्पादनमा जोडेर आत्मनिर्भर उत्पादन प्रणालीमा प्रेरित गर्दै समाजवाद स्थापना गर्ने लक्ष्य पनि हो ।’
समाजवाद आउने कुरा होइन निर्माण गर्ने कुरा हो बनाउने कुरा हो , उनले थपे ‘नेपालको अर्थतन्त्रको मुख्य अंग भनेको कृषि हो । कृषि व्यवसायलाइ प्रवर्द्धन नगरी समाजवाद आउदैन ।’
एक अर्को प्रसंगमा बोल्दै नेता सविनले नेकपाको उत्पादनको बिसयमा खुराफात गरेर बस्नुभन्दा , कोठाभित्र बसेर अनेकौं टिकाटिपन्नी गर्नुभन्दा स्टाटस लेख्ने हातहरु हिलोमा मिलाउन अनुरोध समेत गरेका थिए ।
उनले भने – ‘पसिनालाई हिलोमा जोड्नुस , आफ्नो परिवारलाई खाना पुग्ने उत्पादन आफै गर्नुस । यो समय भनेको गफ गरेर बस्ने समय होइन । यो समय भनेको धान उत्पादन गर्ने समय हो । कृषि उत्पादन गर्ने समय हो ।
श्रमप्रती घृणा भाव फैलाउने प्रयत्न यो तपाईंहरुको बिचलन हो । श्रमलाई माया नगर्ने , श्रमलाइ सम्मान नगर्ने श्रमजीवीलाई हेप्ने प्रकारको सन्देश प्रवाह गर्न खोज्नु बिचलन हो , जडसुत्रीय शुन्यवादी बिचारद्वारा पैदा भएको बिचलन हो । यो बिचलनले तपाईंहरुलाई बिसर्जन गराउने नै छ भने हाम्रो पार्टीलाई थप बलियो वनाउने छ । हामी उत्पादनको अभियानलाई झन तिब्र वनाउदै जाने छौँ ।’
माओवादी केन्द्रसंग एकता होइन समाजवादका लागि अहिले समाजवादी मोर्चा बनाएको नेता सविनले बताए । दलाल पुजीवादी संसदीय व्यवस्थाको विकल्पमा समाजवादमा जाउ भन्ने विषयमा सबैसंग पार्टीको सहकार्य हुनेपनि नेता सविनको भनाइ थियो ।
राप्ती अन्तर्गतका जिल्लाहरुमा जम्मा १५ बिघा जमिनमा धान उत्पादन गरिएको र अन्य पशुपालन , तरकारी खेती , माछापालन लगाएतका व्यवसायलाइ पनि ब्युरो पार्टीले अगाढी बढाईरहेको समेत स्पष्ट पारेका हुन् ।
नेकपा पुर्वी दाङले मङ्गलबारदेखि घोराही -१६ करौटीमा ३ बिघा जमिनमा धान रोपाइँ सुरु गरेको हो ।
धान रोपाइँमा नेकपाकी केन्द्रीय सदस्य एवम पुर्वी दाङ इन्चार्ज सम्झना सी , नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपा पुर्वी दाङका सचिव जनक सी , नेकपा पुर्वी दाङका उत्पादन बिभाग प्रमुख महान सी लगाएत पार्टी निकट जवस/मोर्चाहरुका केन्द्रीय तह , जिल्ला तहका नेता-कार्यकर्ता तथा स्थानीय जनसमुदाय गरि करिव ६० जनाको सहभागीता रहेको थियो । धान रोपाइँ भोलि सकिने पनि नेकपाले जनाएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.