रुसको आक्रमणवाट युक्रेन विद्युत कटौती गर्न बाध्य,युक्रेनको पावर सिस्टममा रुसको निशाना

डेली न्युजराप्ती       ४ मंसिर २०८१ ११:०८ मा प्रकाशित     65 No Comments

काठमाडौँ । रुसको आक्रमणवाट युक्रेन विद्युत कटौती गर्न बाध्य भएको छ । रुसले युक्रेनमा १ सय २० वटा मिसाइल र ९० वटा ड्रोनसहितको आक्रमण गरेको छ । युक्रेनको पावर सिस्टमलाई निशाना बनाएर गरेको मिसाइल आक्रमणका कारण सो पावर सिस्टमका धेरै बिजुली प्लान्ट र ट्रान्सफर्मर क्षतिग्रस्त भएको छ । जसका कारण युक्रेन सरकार विद्युत कटौती गर्न बाध्य भएको हो ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसी मिसाइलले युक्रेनको नौतले आवासीय भवनमा रहेका बालबालिकालाई निशाना बनाएको आरोप लगाउनु भएको छ । सो आक्रमणमा परि बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।
यसको प्रतिकार स्वरुप युक्रेनले १ सय ४० रुसी मिसाइल र ड्रोनहरू खसालेको छ । अमेरिकाले युक्रेनलाई लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिए लगत्तै रुसले युक्रेनमा आक्रमणलाई तीब्रता दिएको छ । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार