काठमाडौं । सरकारले संसदमा पेश गरेको विवादास्पद नागरिकता विधेयक बहुमतबाट पारित भएको छ । हिजो अबेरसम्म बसेको प्रतिनिधिसभा वैठकले विधयेक पारित गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाँडले नेपाल नागरिकता पहिलो संसोधन विधयेक २०७९ पारित गर्न संसदमा प्रस्ताव राखेका थिए । ध्वनिमतका आधारमा सभामुख अग्नी सापकोटाले उक्त प्रस्ताव पारित भएको घोषणा गरे ।
पारित विधेयकमा पहिलोपटक गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने व्यवस्था गरिएको छ । उनीहरुले राजनीतिक अधिकारबाहेक आर्थिक र सांस्कृतिक अधिकारको उपभोग गर्नेगरी नागरिकता प्राप्त गर्ने भएका छन् ।
यसैगरी, जन्मका आधारमा नेपालको नागरिकता लिएका विदेशी नागरिकका सन्तानले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने यस ऐनले सुनिश्चित गरेको छ । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले कति समयपछि नेपाली नागरिकता प्राप्त गर्ने भन्नेबारे चाहिँ नागरिकतामा केही उल्लेख गरिएको छैन ।
प्रमुख प्रतिपक्षी दल एमालेका संसदहरुले नागरिकता ऐन अत्यधिक खुकुलो भएको र लाखौंको संख्यामा विदेशीहरुले नेपाली नागरिकता लिन ढोका खोल्ने भन्दै विरोध जनाएका थिए । केही संसदहरुले यो ऐनलाई ‘राष्ट्रघाति’ संज्ञा दिएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.