धमाधम कमिटी गठन गर्दै युवा संगठन नेपाल,तुलसीपुर १९ को अध्यक्षमा टिकानाथ बस्याल

डेली न्युजराप्ती       ५ कार्तिक २०७८ १९:३० मा प्रकाशित     400 No Comments


दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङले संगठन निर्माणमा सक्रियता देखाएको छ।
संगठनले तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ पत्थरपुर र कुटेचौरमा टिकानाथ बस्यालको अध्यक्षतामा २० सदस्यीय कमिटी गठन गरेको जनाएको छ।
युवा संगठन नेपाल दाङका अध्यक्ष तुल्सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ र १९ का इन्चार्ज खड्क बहादुर वलीको बिशिस्ट आतिथ्य, संगठनका जिल्ला कमिटी सदस्य राजेश,अखिल नेपाल शिक्षक संगठन तुलसीपुर उपमहानगर कमिटी सदस्य युवराज वली, पार्टी वडा कमिटी सदस्य लाल बहादुर रावत र खिम बहादुर रावतको आतिथ्य रहेको थियो।

नेकपा तुलसीपुर-१९ को प्रथम बैठक सम्पन्न
नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं १९को प्रथम बैठक शुक्रवार रनियापुरमा सम्पन्न भएको छ।वडा सेक्रेटरी खिमा वलीको अध्यक्षता एवं दाङ्ग जिल्ला सदस्य, तुल्सीपुर उपमहानगर इन्चार्ज विकास वलीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो।बैठकमा जनपत्रकार संगठन दाङ्ग का सदस्य प्रकाश डाँगी, अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य एवं दाङ्ग जिल्ला अध्यक्ष अमर,अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङ्ग संयोजक रेखा रोका,मगर मुक्ती मोर्चा दाङका संयोजक सेवेन्द्र पुन नेकपा दाङ जिल्ला सदस्य खड्गबहादुर वलीको आतिथ्य रहेको थियो।बैठकले कार्तिक १३ गते पार्टी महासचिव कमरेड विप्लव द्वारा उद्घाटन हुने युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन भव्यरुपमा सम्पन्न गर्नको लागी ब्यापक प्रचार प्रसार गर्ने लगाएत महत्वपूर्ण निर्णय गरेको नेकपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार