नेकपाका नेता वीरजंगलाई थप उपचारका लागि भारत लगियो

डेली न्युजराप्ती       २३ श्रावण २०७८ १४:४२ मा प्रकाशित     523 No Comments

हेमन्त वली श्रावण-२३,दाङ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’को स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि भारतको म्याक्स अस्पताल लगिएको छ।

नेता वीरजंग साढे ११ बजेको जहाजबाट उपचारका लागि भारतको म्याक्स अस्पताल गएका छन ।

लामो समय हिरासत बसाईपछि रिहा भएर घर गएपछि उच्च ज्वरो र खोकीको समस्या देखिएको थियो । झण्डै एक महिनाको अवधिमा काठमाडौंको सिभिल अस्पताल र ग्राण्डि अस्पतालमा उपचार गराइरहेका नेता वीरजंगको स्वास्थ्य अवस्था थप जटिल बनेपछि डाक्टरको सल्लाह अनुसार भारत पठाइएको उनका भाइ जयन्द्र चन्दले जानकारी गराएका छन् ।

वीरजंगसहित नेकपाका २१ जना नेता–कार्यकर्तालाई प्रहरीले २०७६ असोज ३० गते दाङबाट वैठक स्थलबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई झुठा मुद्दामा विभिन्न जिल्लामा प्रहरीले घुमाएको थियो । गत फागुन २१ गते नेकपा सरकारसँग ३ बुँदे सहमति गरेर खुल्ला भएपछि वीरजङ रिहा भएका थिए । जेल हिरासत बस्दा नै नेता वीरजंगको स्वास्थ्यमा समस्या देखिएको थियो ।

रिहा भएर घर आएपछि पनि उनको स्वास्थ्य अवस्था सुध्रिएन र काठमाडौंमा उपचार गरिएको थियो । तर स्वास्थ्य अवस्था थप जटिल भएपछि भारत पठाइएको हो । वीरगंज नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका सहोदर दाजु हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार