मोहन बैद्य किरणबाट क्रान्ती नहुने भन्दै युवा नेता रमेश बोहरा नेकपामा समाहित , किरण जड भएको आरोप!

डेली न्युजराप्ती       ३१ जेष्ठ २०८० १३:१६ मा प्रकाशित     273 No Comments

३१ , जेष्ठ । युवा नेता रमेश बोहरा नेपाल कम्युनिस्ट पार्टीमा समाहित
काठमाडौँ । रामेछाप जिल्लाका युवा नेता रमेश बोहरा नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । नेकपाका केन्द्रीय सदस्य तथा व्यूरो इन्चार्ज विकल्प सी, जिल्ला इन्चार्ज इन्द्र सी र सेक्रेटरी बद्री सीले उनलाई पार्टीमा स्वागत गरेका हुन् । उक्त अवसरमा जिल्ला पार्टीका नेताहरु शंकर सी, विशाल सी, देव सी, तीर्थ सी लगायतका नेताहरु सहभागी थिए । रामेछापको सदरमुकाम मन्थलीमा आयोजित एक कार्यक्रममा उनले आफू कार्यरत रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल परित्याग गरेर नेकपामा प्रवेश गरेका हुन् । उनले एक प्रेस विज्ञप्ति जारी मोहन बैद्य किरणले नेतृत्व गरेको पार्टी यान्त्रिकता, जडता र बदलिएको विश्व परिस्थितिका बारेमा अवस्तुवादी चिन्तन र दृष्टिकोणको शिकार बनिरहेकोले उक्त पार्टी परित्याग गर्नुपरेको उल्लेख गरेका छन् । देश अत्यन्तै संवेदनशील एवं जटिल अवस्थाबाट गुज्रिरहेको बेला सबै तिरका क्रान्तिकारीहरुलाई नेपाल कम्युनिष्ट पार्टीमा एकताबद्ध हुन र एकीकृत जनक्रान्तिमा लाग्न अपिल पनि गरेका छन् ।
निशर्त नै एकिकृत जनक्रान्तिमा योगदान गर्न आएकोले अत्यन्तै खुसी भएको र यो वातावरण प्रदान गर्न हुने पार्टी नेतृत्वलाई धन्यवाद समेत दिए ।
नेता र मेस्सी लामो समय क्रान्तिकारी मजदुर आन्दोलनमा विभिन्न तहका नेतृत्वदायी भूमिका मा रहँदै आएका हुन् । उनी जिल्ला पाटीको सचिवालय सदस्य र जिल्लामा एक शालीन तथा बौद्धिक नेताका रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार