०८४ को चुनावमा जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिएर जान्छौं:नेकपा

डेली न्युजराप्ती       २५ पुष २०८१ १३:४१ मा प्रकाशित     198 No Comments

पौष २५,दाङ ।
नेपाल कम्युनिस्ट पार्टीले ०८४ को चुनावमा भाग लिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय समितिको छैठौं पुर्ण बैठकले ०८४ को निर्वाचनमा पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिएर लड्ने निर्णय गरेको हो ।

पार्टीका महासचिव विप्लव सीद्वारा पौष १६ गते केन्द्रीय समिति बैठकका निर्णयहरुबारे जारी प्रेस वक्तव्यमा सो कुरा उल्लेख गरिएको छ ।

‘आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता , उत्पीडित वर्ग , जाती , समुदाय , महिला , युवा-बिद्यार्थी र नेपाली बिशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिइने छ ,’ वक्तव्यमा भनिएको छ ।

यस्तै बैठकले एकीकृत जनक्रान्तिका १० वर्ष भित्र गरिएका अध्ययन , अनुसन्धान र विकासलाई विचार संस्लेसनमा उठाउने र त्यसका लागि पार्टीले सुव्यवस्थित बहस , अन्तरक्रिया गर्दै बिशेष अधिबेशनको आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले देशमा व्याप्त भ्रष्टाचार , वैदेशिक हस्तक्षेप , सुकुम्बासी , मिटरव्याज , ऋण आतंक लगाएतका मुद्दामा फागुन २१ गतेदेखी झापा-कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णयपनि गरेको वक्तव्यमा उल्लेख छ । साथै क्रान्तिकारी पार्टीहरु संग एकताको उद्देश्य सहित ध्रुवीकरणलाई तिब्रता दिने निर्णय गरेको छ ।

पार्टीको नवौं केन्द्रीय समितिको छैठौं पुर्ण बैठकले स्वाधीनता विरुद्ध भइरहेका हस्तक्षेपको भण्डाफोर गर्ने , भ्रष्टाचार , कमिसनखोरी , मिटरव्याज , बैंक व्याज आतंक विरुद्ध जनसंघर्ष गर्ने , स्थानीय तहबाट संघर्षहरु सञ्चालन गर्ने , युवा पलायनता रोक्न जागरण अभियान चलाउने , राज्यको दलाली प्रवृतीको भण्डाफोर गर्ने , जाजरकोटका भुकम्प पीडितलाई दोस्रो किस्ता रकम उपलब्ध गराउन पहल गर्ने लगाएतका संघर्षका कार्यक्रमहरु चलाउने निर्णय गरेको वक्तव्यमा प्रष्ट पारिएको छ ।

यस्तै बैठकले देशलाई आत्मनिर्भरतासहित समृद्धितिर लैजान नयाँ आर्थिक मार्गको विचारलाई लागू गर्ने , उधोग सञ्चालनको बिषयमा अध्ययन गर्ने , उपत्यकामा सी व्यापार केन्द्र सञ्चालनमा ल्याउने लगाएका आर्थिक कामकाजलाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।

साथै केन्द्रीय समितिको बैठकले माघमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने , मेची-महाकाली अभियानमा सामना सांस्कृतिक परिवारलाई सहभागी बनाउने , साहित्यिक कार्यक्रम चलाउने , नेपाली जनसंस्कृति एवम प्रगतिशील जनसंस्कृतिको विकास एवम संरक्षण गर्न जनसंस्कृति संरक्षण मञ्च निर्माण गर्ने , जनयुद्ध दिवस , सहिद सप्ताह , महिला दिवस , अनेकोट प्रतिरोध दिवस , अन्तर्राष्ट्रिय मजदुर दिवस , बिद्यार्थी दिवस लगाएतका पर्वहरु भव्यताका साथ मनाउने , संगित अभियात्रासहितका कार्यक्रमलाई सहयोग गर्ने , प्रकाशनका कामकाजलाई व्यवस्थित गर्ने , केन्द्रीय कार्यालय , कम्युन र देशैभरी चलिरहेका निर्माण कार्य निरन्तर सञ्चालन गर्ने निर्णय गरिएको जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

यस्तो छ प्रेस वक्तव्यको पुरापाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार