हरेक समस्याको समाधान समाजवादले गर्छ : सन्देश सी

डेली न्युजराप्ती       ८ फाल्गुन २०७९ १०:१७ मा प्रकाशित     141 No Comments

वसन्त विक
८ फागुन,चितवन । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य सन्देश सीले हरेक समस्या समाधानको विकल्प वैज्ञानिक समाजवाद भएको वताउनु भएको छ । जनपत्रकार संगठन नेपालको तेस्रो पूर्ण वैठकलाई आईतवार सम्वोधन गर्दै पोलिट व्यूरो सदस्य सन्देशले यस्तो कुरा वताउनु भएको हो ।
उहाँले नेपाली समाजमा समस्याको पोको दलालपूँजीवाद भएको भन्दै त्यसको ठाउँमा समाधानको वाटो भनेको वैज्ञानिक समाजवाद मात्र भएको ठोकुवा गर्नु भयो ।
नेकपाको उत्पादन विभागमा समेत रहनु भएका नेता सन्देशले क्रान्ति पुरा गर्न कम्युनिष्ट अर्थ दुष्टिकोण चाहिने उल्लेख गर्दै आत्मनिर्भर अर्थतन्त्र नहुदा केपी प्रचण्डहरु दलालपूँजीवादमा पतन भएको जिकिर गर्नु भयो ।
नेता सन्देशले भन्नु भयो “विप्लव प्रचण्ड केपी जस्तो दलाल हुदैनन् भन्ने हामीलाई पूर्ण विस्वास छ, त्यसको आधार आत्मनिर्भर अर्थतन्त्रको लागि विप्लवले लिएको नीति हो,आत्मनिर्भर अर्थतन्त्र नहुदा केपी प्रचण्ड दलाल भए दलालपूँजीवाद संग पैसा लिएर खुल्ला रुपमा देखा परे । ”
नेता सन्देशले आफ्नो पार्टीले उठाएको आर्थिक क्रान्ति राजनैतिक क्रान्ति पुरा गर्ने बाटो भएको भन्दै माओवादी केन्द्रले भन्ने गरेको आर्थिक क्रान्ति राजनैतिक क्रान्ति पुरा भएको हो भनेर गलत प्रचार गरिरहेको वताउनु भयो । यदि सेना र श्रम गर्ने पार्टी भएन भने त्यो पार्टी कम्युनिष्ट पार्टी हुन नसक्ने नेता सन्देशले भन्दै श्रमचोरहरु शोषक भएको वताउनु भयो ।
उहाँले भन्नु भयो “हामीले राजनैतिक क्रान्ति सम्पन्न गर्नका लागि आर्थिक क्रान्ति गर्दैछौ , श्रम गर्नेहरु कोही पनि भोको र घरवार विहिन हुनु पर्दैन,नेकपाले सवैको व्यवस्था गर्नेछ ।”
उहाँले अहिले समान कामको असमान ज्याला र असमान कामको समान ज्याला भएको भन्दै यसलाई लोकल्याणकारी पूँजीवादको नाममा पुँजीवादले समातेर टिकेको भन्दै त्यसविरुद्ध नेकपाले निजी र सामुहिक स्वामित्वलाई संगै लिने गरी एकीकृत स्वामित्वको नीति विकास गरेको दावी गर्नु भयो ।
वैठकमा जनपत्रकार संगठनका सल्लाहकार संयोजक राजेन्द्र चिमौरियाले संगठन एकतावद्ध भएर अगाडि वढन सुझाव दिनु भयो । वैठकमा नेकपाका स्थायी समिति सदस्य अनिल सी को प्रमुख आतिथ्यता रहको छ ।
उहाँले भोली मात्र वैठकलाई प्रशिक्षण मन्तव्य दिनु हुने जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरवहादुर विश्वकर्माले जानकारी दिनु भयो । आजको वैठकमा सहभागी केन्द्रीय सदस्यहरुले आ आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ्ग प्रस्तुत गरेका थिए । वैठक नयाँ कार्ययोजना निमार्ण गर्दै भोली सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार