सामना साँस्कृतिक परिवारले देशव्यापी जनजागरण अभियान गर्ने

डेली न्युजराप्ती       १७ कार्तिक २०७९ १७:०७ मा प्रकाशित     131 No Comments

दाङ । नेपाल कम्युनिस्ट पार्टीको दोश्रो पुर्ण वैठकले संघ र प्रदेशको निर्वाचन सशक्त खारेज गर्ने निर्णय संगसँगै जवस मोर्चाहरू पनि आ-आफ्ना जिम्मेवारीमा खटाएको छ । त्यसै गरि केन्द्रीय सामना परिवार मंहगी, भ्रष्टाचार, राष्ट्रघात र दलाल संसदीय निर्वाचन लाई खारेज गर्ने अभियान सहित जनजागरण अभियान २०७९ सुरु गरेको छ । नेपाली जनता, नेपाल राष्ट्र र सामना परिवारको भिन्नै परिचय छ ।आम नेपाली नागरिकहरूको हरेक दुःख कस्टहरूमा सामना अग्रभागमा लड्छ अगाडि वढ्छ । सामाजिक साँस्कृतिक विचलन र प्रभावमा होस वा सिमा अतिक्रमण र राष्ट्रिय स्वाधिनताको संकटमा होस, महङ्गी भ्रष्ट्राचार कालोवजारी नै किन नहोस नेपाली जनतामाथीको अन्याए अत्याचार विभेद अनि दमनको विरूद्ध आ-आफ्ना कला र साधनाका साथ जाईलाग्छ । हो त्यसरी नै राज्यले संचालन गर्न लागेको मंसिर ४को संघ र प्रदेशको निर्वाचन, राष्ट्रघाती एमसीसी, एसपीपी लगायतका सम्झौता खारेजको लागि पनि जनता जगाउन अभियान शुरू गर्न लागेको सामाना परिवारले जानकारी दिएको छ । देशव्यापी अभियान सानदार र प्रभावकारी वनाउन सवैलाई सचेत जागरुक गराउनका लागी सम्पुर्ण नेपाली सर्वहारा वर्ग, उत्पीडित जनसमुदाय, शिक्षक, वुद्धीजीवी, वकिल, विध्यार्थी, उध्योगी व्यवसायीमा साथ र सहयोगको लागि अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार