भुकम्प पीडितको ज्ञापनपत्र विप्लवले प्रधानमन्त्री प्रचण्डलाई बुझाए

डेली न्युजराप्ती       ३ मंसिर २०८० १०:५६ मा प्रकाशित     106 No Comments

काठमाडौं । जाजरकोट नगरगाड –१ च्यूरी र पालीगाँउका जनताले नेकपाका महासचिव विप्लव सी मार्फत प्रधानमन्त्री प्रचण्डलाई पठाएको ज्ञापन–पत्र महासचिव विप्लवले आज विहान प्रधानमन्त्री प्रचण्डलार्ई बुझाएका छन ।

विहान प्रधानमन्त्री प्रचण्ड र विप्लव बिच बालुवाटारमा भएको भेटवार्ताका क्रममा जाजरकोटका भूकम्प पीडित जनताको पठाएको ज्ञापन–पत्र विप्लवले प्रधानमन्त्री प्रचण्डलाई बुझाएका हुन ।

नलगाड –१ च्यूरी र पालीगाँउलाई भेरी नदिको कटानले पहिरो जाँदा गाउँ नै जोखिममा परेको छ । कैयौघर विस्थापित भैसकेका छन ।पहिरोको जोखिमका कारण पीडित जनतामाथि कार्तिक १७ गते गएको भूकम्पको पीडा थपिएको छ ।

स्थानीयले सरकारसंग वस्ती स्थानान्तरणको माग गरेका छन । प्रधानमन्त्री प्रचण्ड र विप्लव सीको भेटमा सो वस्ती उचित स्थानमा सार्न विप्लवले सरकारको ध्यान आकृष्ट गराएको प्राप्त समाचारमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार