यू-१९ एसिया कप क्रीकेटको खेल तालिका सार्वजनिक, पहिलो खेलमा नेपाल पाकिस्तानसंग भिड्ने

डेली न्युजराप्ती       २२ कार्तिक २०८० १४:४२ मा प्रकाशित     91 No Comments

यू–१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तानसँग खेल्ने भएको हो ।  

खेल आइसिसी एकेडेमीमा हुनेछ । नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तानसँगै अफगानिस्तान र भारत पनि छन् । नेपालले दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्ने छ । यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा १२ डिसेम्बरमा साबिक विजेता भारतको सामना गर्ने तालिका छ ।  

एसिसीले सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । हरेक समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा पुग्ने छन् । 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार