अमेरिका र भारतले नेपालमाथि आँखा गाडेको छः अनिल सी

डेली न्युजराप्ती       १५ मंसिर २०८० ०८:४३ मा प्रकाशित     163 No Comments

कमल बिश्वकर्मा

ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले अमेरिका र भारतले नेपालमाथि आखाँ गाडेकाले देश गम्भीर संकटमा परेको बताएका छन ।

नेकपा ललिपुर र भक्तपुरको संयुक्त पार्टी प्रशिक्षण कार्यक्रमलाई विहिवार ललितपुरको लगनखेलमा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै स्थायी समिति सदस्य अनिल सीले यस्तो कुरा बताएका हुन ।

उनले विश्वका दुई ठूला शक्ति केन्द्रले नेपाल माथि आँखा गाडेकाले नेपाल रहने की नरहने भन्ने सम्मको गम्भीर संकट आएको खुलासा गरे ।स्थायी समिति सदस्य अनिलले भने “विश्वको महाशक्ति बन्ने योजनामा रहेको चीनलाई घेर्न अमेरिकालाई नेपालको हिमाल चाहिएको छ ।

भारतलाई हाम्रो तराई चाहिएको छ । त्यसैले नेपाल रहने की नरहने भन्ने गम्भिर खतरा छ । परिस्थिति अनुकूल बने सुदूपश्चिम र कर्णालीलाई समेत आफनो बनाउने दाउमा भारत छ ।”

उनले नेपालको संकट समाधानका लागि क्रान्तिकारी,कम्युनिष्ट,प्रगतिशील र देशभक्त शक्तिहरु एक भएर दलाल पूँजीवादका विरुद्ध संघर्ष गर्दै समाजवादी व्यवस्थामा जानुपर्ने बताए ।

नेता अनिल सीले अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारबादसंग लड्ने नैतिक तागत अरु कोही राजनीतिक दलहरुसंग नरहेको भन्दै त्यस बिरुद्ध लड्न सक्ने शक्ति नेपाल कम्युनिष्ट पार्टी मात्रै भएको जिकिर गरे ।

कार्यक्रममा अतिथि नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज कृति सीले राजनीतिक र आर्थिक क्षेत्रमा नयाँ भिजन दिएर अगाडि बढ्न सक्ने पार्टी नेकपा भएको भन्दै आफ्ना नेता कार्यकर्ताहरुलाई सोही अनुसार निर्देशन दिए ।

ब्यूरो पार्टीले गरेको उत्पादनको कामबाट पार्टीलाई राम्रै नाफा भएको भन्दै नेता कृतिले जिल्ला र स्थानीय पार्टीले पनि आफनो अनुकूलको योजना बनाई लागू गर्न आग्रह गरे । उनले उपत्यका ब्यूरोले थप उत्पादनका योजना बनाई लागु गर्ने चरणमा रहेको पनि जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा ललितपुर र भक्तपुर जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको अध्यक्षता ललितपुर जिल्ला इन्चार्ज विपिन सी ले गरेका थिए भने कार्यक्रमको सञ्चालन भक्तपुर जिल्ला इन्चार्ज विजय सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार