सल्यानमा गुण्डागर्दी: मोटरसाइकल रोकेर लेखापालमाथी आक्रमण, गैती डन पक्राउ

डेली न्युजराप्ती       ४ माघ २०७८ ०६:०४ मा प्रकाशित     381 No Comments


माघ३,सल्यान। सल्यानमा लेखापालमाथी कुटपिट गर्ने  गैती डन पक्राउ परेका छन।
बागचाैर नगरपालिकाका लेखापाल प्रदीप डिसी माथी कुटपिट तथा दुर्व्यवहार गर्ने बागचाैर नगरपालिका ७ का गैती डन भनेर चिनिने टिकाराम वलि पक्राउ परेकाे इलाका प्रहरी कार्यालय थारमारेले जनाएकाे छ ।
कामको शिलशिलामा आइतबार दिउँसाे साढे ४ बजेतिर बागचाैर नगरपालिका ७ बाट थारमारेतर्फ माेटरसाइकलमा फर्किदै गरेका लेखापाल डिसीमाथी माेटरसाइकल राेकेर वलिले हातपात तथा दुर्व्यवहार गरेकाे प्रहरीले जनाएकाे छ।
हातपात गर्ने वलिलाइ अहिले इलाका प्रहरी कार्यालय थारमारेमा राखिएकाे छ । वलिले केहि समय पहिला अर्का एकजनालाइ गैती प्रहार गरेपछि उनले आफैलाइ गैती डनकाे रुपमा परिचय दिन थालेका थिए ।
लेखापाल डिसीले आफु काेराेना खाेप कार्यक्रमकाे अनुगमनबाट फर्किने क्रममा बालकन्या माविकाे नजिकै एक्कासी बाइक रोकेर गैती डनले कुटपिट गरेकाे बताए।उनले भने, “म बाइकमा हिडिरहेकाे थिए । मलाइ उसले हात हल्लाएर राेक भन्याे । मैले केहि अफ्ठ्याराे परेर राेक्याे हाेला भन्ने ठानेर राेके ।”
बाइक राेकेपछि आफुलाइ थर्काउन थालेकाे डिसीले बताए । “सुरुमा म गैती डन हुँ । मलाइ चिन्छस् कि चिन्दैनस् भनेर उसले थर्काउन थाल्याे ।”, लेखापाल डिसीले भने “मैले चिन्दिन् भनेपछि मलाइ झपाझप हान्न थाल्याे ।”
एकछिनसम्म वलिले आफुलाइ हानेपछि एकजनाले देखेकाे र आएर छुटाएकाे लेखापाल डिसीले बताए । “एकजना आएर छुटाउनु भयाे । मलाइ तपाइ भाग्नुहाेस् भन्नु भयाे । म बाइक त्यहि छाेडेर नजिकैकाे एउटा घरमा पुगेर बाँचे ।”, उनले भने ।
भाग्ने क्रममा वलिले ढुंगा प्रहार गर्दा माेबाइल फुटेकाे लेखापाल डिसीले बताए । आफु भागिसकेपछि आफ्नाे माेटरसाइकलमाथी ताेडफाेड गरेकाे लेखापाल डिसीकाे भनाइ छ । वलिकाे कुटाइबाट बाहिर घाउँ सामान्य भएपनि आफ्नाे ढाड र टाउकाेमा दुख्ने गरेकाे लेखापाल डिसीले बताए ।यसैबीच लेखापाल डिसीमाथी भएकाे हातपात तथा दुर्व्यवहारकाे बागचाैर नगरपालिकाले बिराेध जनाएकाे छ । सोमबार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले जारी गरेकाे प्रेस विज्ञप्तीमा घटनाकाे भत्सर्ना गर्दै कारबाहीकाे माग गरिएकाे छ।
–लेकाली अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार