उपाधिका लागि आज नेपाल र ओमानको भिडन्त, दुबै टोली बिश्वकपमा छनोट

डेली न्युजराप्ती       १९ कार्तिक २०८० ०८:०१ मा प्रकाशित     113 No Comments

काठमाण्डौ, १९ कात्तिक ।  आईसीसी टी २० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दै छन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुने छ । नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा पुगेका हुन् । समूह ए मा रहेका दुवै टोली लिग चरणमा समेत भेटेका थिए । लिग चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो ।

ओमानसँग ५ रनले पराजित भएको नेपाल समूह उपविजेता बनेर सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुनः ओमानसँग खेल्न लागेको हो । प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टोली अर्को वर्ष वेस्ट इन्डिजमा हुने टी २० विश्व कपमा छनोट भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार