दाङमा खोलाले बगाउदा तुलसीपुरका डाँगीको मृत्यु,घोराहीका चौधरी बेपत्ता

डेली न्युजराप्ती       २० आश्विन २०७९ ०९:३० मा प्रकाशित     258 No Comments

तुलसीपुर, २० असोज । दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीका अनुसार मामाघरमा रहेका छोराछोरीलाइ लिन जाने क्रममा खैरेनी खोलाले बगाउदा तुलसीपुर उपमहानगरपालिका–१५ निवासी ४८ बर्षिय मदन डाँगीको मृत्युु भएको छ ।

हिजो खोलाले बगाउदा वेपत्ता भएका डाँगीको शव आज बिहान घटनास्थल देखि ३५ मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यसैगरी घोराही उपमहानगरपालिका–१० निवासी ५५ बर्षिय कल्लु चौधरी गुर्जे खोला तर्ने क्रममा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

हिजो दिउँसो करिब १२ बजे खोलाले बगाउँदा बेपत्ता भएका चौधरीको खोजी कार्य जारी रहेको छ । निरन्तर बर्षात र खोलामा पानीको बहाब बढ्दै गएका कारण खोजी कार्यमा कठिनाई भइरहेको वलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार