अमेरिकी साम्राज्यवादका दलालहरुलाइ एउटै चिहानमा गाड्छौ: नेता शितल

डेली न्युजराप्ती       ८ फाल्गुन २०७८ १८:०८ मा प्रकाशित     469 No Comments


हेमन्त प्रकाश वली। फागुन ८, दाङ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले अमेरिकी साम्राज्यवादका दलाललाइ एउटै चिहानमा गाड्ने चेतावनी दिनुभएको छ।
राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध नेकपा दाङ सहित जिल्लामा कृयासिल कम्युनिस्ट पार्टी र मोर्चाको संयुक्त आयोजनामा आयोजित जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रमलाइ सम्बोधन गर्दै नेता शितलले उक्त कुरा बताउनुभएको हो। उहाले राष्ट्रघाती एमसिसी सम्झौता जबर्जस्त पास गरेपनी लागू हुन नदिने जिकिर समेत गर्नुभएको थियो। उहाले भन्नुभयो,” नेपाली जनताको स्वाभिमानका विरुद्ध राष्ट्रिय हित विरुद्ध रहेको एमसिसी संसदबाट पास गरेपनी लागू हुन दिन्नौ, बिद्रोह गर्छौं र अमेरिकी साम्राज्यवादका दलालहरुलाइ एउटै चिहानमा गाड्छौ।” नेता शितलले सिंगो देश एमसिसीका विरुद्धमा हुदाहुदैपनि संसदवादी दलालहरु दिनरात एमसिसी जसरीपनि पास गर्ने दुस्साहस गरेको भन्दै नेपाली जनताको भावना विपरीत जबर्जस्त पास गरिए आन्दोलनको आधिबेरी सिर्जना गर्ने उद्घोष समेत गर्नुभएको हो।
उहाले अमेरिकी राजदुतले नेपाली जनताको भावना विपरित सार्वभौम मुलुकप्रती गरेको टिप्पणीको घोर निन्दा एवम भत्सर्ना समेत गर्नुभएको थियो।
उहाले बाहिर सहयोग देखाएर भित्र सैन्य रणनीति जोडेर नेपाललाइ रणमैदान बनाउने अमेरिकी सपना साकार नहुने जिकिर गर्नुभएको थियो। युरेनियम जस्ता बहुमुल्य धातु कब्जा गर्ने, चिनलाइ पछार्न नेपाली भुभागको प्रयोग गर्ने अमेरिकी रणनीति कुनैपनी हालतमा सफल हुन नदिने उहाको उद्घोष थियो।
नेता शितलले राष्ट्र जोगाउने राष्ट्रिय स्वाधीनता रक्षाको लडाइ आफ्नो पार्टीले सचेततापुर्वक कमान्ड गर्ने समेत बताउनुभएको हो।

जिल्ला प्रशासन घेराउ कार्यक्रममा नेकपा ( क्रान्तिकारी माओवादि) का केन्द्रीय सदस्य शिशिर,राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य र नेकपा ( माले) दाङका सचिव नेत्र प्रसाद पाण्डेले सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा वक्ताहरुले राष्ट्रघाती एमसिसी सम्झौता खारेज नहुदासम्म आन्दोलन नरोकिने बताउनुभएको हो।

एमसिसी विरुद्ध आइतबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित नेकपा (मशाल),नेकपा (क्रान्तिकारी माओवादी),देशभक्त जनगणतान्त्रीक मोर्चा,राष्ट्रिय जनमोर्चा र नेकपा ( माले) को संयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सम्पन्न भएको हो।

प्रशासन कार्यालय घेराउ अघि घोराहीको ट्राफिक चोक हुँदै प्रशासन कार्यालय सम्म आन्दोलनकारीले एमसिसी सम्झौता खारेजीको नारावाजी सहित प्रदर्शन गरेका थिए।

कार्यक्रमको संचालन नेकपा निकट अखिल(क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज दिपकले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार