तुलसीपुर नगर जेसिजमा पद हस्तान्तरण

डेली न्युजराप्ती       ८ माघ २०७८ १९:०८ मा प्रकाशित     368 No Comments


तुलसीपुर, माघ ८,दाङ। तुलसीपुर नगर जेसीजको १०औ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर नगर जेसीज बर्ष २०२१ का अध्यक्ष नेत्रलाल भट्टराई ‘नारायण’को अध्यक्षता तथा जेसीज बर्ष २०२२ का केन्द्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि पद हस्तान्तरण गरिएको हो ।

केही समय अघि भएको जेसीज तुलसीपुरको निर्वाचनबाट निर्वाचित अध्यक्ष केशवराज केसी, कार्यकारिणी उपाध्यक्ष चेतन कँडेल, सन्दिप भुसाल, उपाध्यक्ष सञ्जय न्यौपाने, मनिष शाह, शैलेन्द्र ओली, कान्तुराम खनाल र सहसचिव सुरज भण्डारी सहित नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो । साथै सल्लाहकारमा अध्यक्षका प्रत्यासी मानबहादुर बस्नेत, महासचिबमा पूर्ण विक्रम डाँगी, प्रबक्तामा छबिकुमार वलीलगायतलाई बिभिन्न पदमा मनोनित समेत गरिएको छ।

त्यस अवसरमा प्रमुख अतिथि भण्डारीले जेसिज भनेको युवा नेतृत्व उत्पादन गर्ने थलो रहेको बताए । उनका अनुसार जेसिजमा आबद्ध धेरै युवाहरु राजनीतिक तथा सामाजिक रुपमा नेतृत्व गर्न तयार भइसकेको समेत बताए।त्यस अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका पूर्वध्यक्ष विमल रिजालले जेसिजबाट समाजले पाठ सिकेको समेत बताए । जेसिजको निर्वाचन पनि निकै सभ्य भएको र चुनाब पछि पनि राम्रो वातावरण रहेको भन्दै यसबाट सबैले सिक्नुपर्ने बताए । त्यस अवसरमा सल्लाहकार मानबहादुर बस्नेतलगायतले मन्तब्य ब्यक्त गरेका थिए । त्यस अवसरमा विभिन्न संघसंस्था तथा व्यक्तीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार