फागुन १ :विप्लव र प्रचण्ड एउटै मञ्चबाट गर्जिदै

डेली न्युजराप्ती       २१ माघ २०८१ ०७:५० मा प्रकाशित     427 No Comments

माघ २१,दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सल्यान आउनुहुने भएको छ।
उहाँहरु फागुन १ गते जनयुद्ध दिवसकाे अवसरमा सल्यानकाे बागचाैर आउनुहुने भएको हो ।

जनयुद्धमा राज्यद्वारा बेपत्ता पारिनु भएका बेपत्तायाेद्वा विपिन भण्डारीकाे स्मृतिमा स्थापित विपिन भण्डारी मेमोरियल फाउण्डेशनद्वारा बागचाैरमा निर्माण गरिएकाे विपिन स्मृति पार्कमा स्थापना गरिएको बेपत्तायाेद्वा विपिन भण्डारीकाे शालिक महासचिव विप्लव सी र नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डद्वारा संयुक्त रुपमा अनावरण गर्न सल्यानकाे बागचाैर आउने कार्यक्रम तय भएको हाे।

विपिन भण्डारीकाे शालिक अनावरण कार्यक्रम फागुन १ गते बिहान १० बजे हुने विपिन भण्डारी फाउन्डेसनले जनाएको छ ।

शालिक अनावरणको कार्यक्रम सम्पन्न भएलग्गत्तै प्रचण्ड र विप्लव सीले संयुक्त रुपमा आयोजित जनसभालाई सम्बाेधन गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार