तुलसीपुर १०, असार । तुलसीपुर उपमहानगरपालिकाले अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको खाता रोक्का देखि आर्थिक अनियमितताको छानविनका लागी ५ सदस्य कार्यदल गठन गरेको छ । शुक्रबार दिउँसो बसेको उपमहानगरको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।
कार्यदलको संयोजकमा सामाजक विकास समितिका संयोजक मान बहादुर रावत, तुलसीपुर ८ का वडा अध्यक्ष धर्मराज वली, ९ का अध्यक्ष घनस्याम ढकाल, ३ का अध्यक्ष विजय विक र आलेप प्रकास केसी रहनु भएको छ । त्यसैगरी बैठकले तत्काल खानेपानि सस्थाका सवै वैक खाताहरु रोक्का गर्ने निर्णय समेत गरेको नगर प्रवक्ता माधव वलीले जानकारी दिनुभएको छ ।
धारा जडान र खानेपानी महशुल वापत उपभोक्ताबाट संस्थामा जम्मा भएको रकम मध्यबाट अध्यक्ष खरेलले २ लाख ३५ हजार, कोषाध्यक्ष केशब बहादुर वलीले १५ लाख ५८हजार र दशरथ वलीले २ लाख ५६ हजार रुपैयाँ व्यक्तिगत प्रयोजनका लागि चलाएको भन्दै उपभोक्ताहरु आन्दोलित भएपछि उपमहानगर चासो देखाएको हो । खानेपानीको कार्यालयमा असार ६ गतेदेखि ताला लागेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.