काठमाडौ / सामान्यतया संसदिय लोकतन्त्रमा हरेक पाँच-पाँच वर्षमा चुनाव हुनुलाई यो प्रणालीका पक्षधरहरु लोकतन्त्र भन्छ्न । मतदाताहरुले भोट खसाल्छ्न र तीनै मतदाताहरुबाट निर्वाचितहरुले उनिहरुमाथि शासन गर्छन।निर्वाचित भएर गइसकेपछि मतादाताहरुले गरेको अपेक्षा र दिएको म्याण्डेट जे सुकै भएपनि वा निर्वाचित प्रतिनिधिले जनमतको जतिसुकै बर्खिलापमा काम गरे पनि उसलाई हटाउन वा पुनर्विचार गर्न पाइदैन। यसप्रकारको मान्यतामा आधारित व्यवस्था अन्तर्गत आज देशभरी चुनाव हुदैछ ।चुनावको पुर्वसन्ध्यामा देशका विभिन्न मतदान केन्द्रहरुमा बम बिस्फोट भएका समाचारहरु सार्वजनिक भैरहेका छ्न ।केहि ठाँउमा उम्मेदवारहरुका घरमा बहिष्कारको ब्यानर टाङ्ने देखि एमसिसि पक्षधर उम्मेदवारहरुका गाडिमाथी तोडफोड र आगजनी भएका समाचार आएका छन ।नुवाकोटमा रहेको एमसिएको कार्यालयमाथी तोडफोड भएको भिडियो सार्वजनिक भएको छ ।
चितवनको एक मतदान केन्द्रमा मतपेटिका समेत स्थानीयले खोसेर लिएको बुझीएको छ । रौतहटमा मतदान केन्द्रभित्र गोलि चलेको र केहि समय मतदान प्रक्रिया स्थगित भएको बुझिएको छ । देशका कैलाली , बझाङ,कालिकोट , नुवाकोट , मकवानपुर , ललितपुर , काठमाडौ , उदयपुर लगाएतका जिल्लाहरुमा मतदान स्थल नजिकै बम विस्फोट र शङ्कास्पद बस्तुहरु फेला पारेको बताइएको छ ।
एकातिर पुरानै पार्टी , नेता र नसुध्रीएको पुरानै प्रवृतिबिच चुनाव हुदै छ भने अर्कोतिर जनताले दलिय शासनको लामो कालखण्डमा बेहोरेको सकस समेत भुलेका छैनन । भोट कसलाई दिने भन्ने कुरामा न कुनै उत्साह छ न त नयाँपन नै छ ।
चुनाव जस्तो मुलुकको महत्त्वपूर्ण निर्णय प्रक्रियामा जनताको व्यापक र उत्साहजनक सहभागीता हुनुपर्नेमा लाखौ परदेशिएका मतदाताहरु यसपालीको चुनावमा भोट खसाल्न आएका छैनन । चुनावको अघिल्लो दिनमा समेत हजारौं युवाहरु अन्तरास्ट्रिय बिमानस्थलमा लाम लागिरहेका थिए । त्यस मध्यका कतिपयले त यो भन्दा अगाडि पनि बारम्बार मतदान तिनै पार्टी र व्यक्तिलाई गरेको तर उनिहरुले नै देशलाई यसरी बर्बाद पारे भन्दै चुनाव र राज्यप्रति निराशा व्यक्त गरेको पाइयो ।
देशमा गरिवि , अभाव , महङ्गी, बेरोजगारी , वैदेशिक ऋणभार र अनेक जनजिबनका समस्याहरु यथावत छन ।ठिक यहि बेला अमेरिकि स्वार्थमा नेपालले एमसिसि पास गरेर मुलुकको भविस्य डरलाग्दो दिशातिर फर्काइदिएको छ।
नेपाल कम्युनिस्ट पार्टी , बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल , नेकपा , क्रान्तिकारी माओवादी लगाएत कैयौं पार्टी र अभियान्ताहरु यो चुनावको औचित्य छैन भन्दै बहिष्कारमा छन । बहिष्कारका लागि देशका विभिन्न स्थानमा प्रचारप्रसार भएको छ ।
नेपालले एमसिसि पारित गरिसकेपछि चिन विरुद्ध गतिविधि गर्न अमेरिकाले नेपालमा घुडा धसेर लाग्न खोजि रहेको छ । एमसिसि अनुसार गतिविधि गर्न उसलाइ नेपालमा भरपर्दो राजनीतिक बाताबरण र सहकार्य गर्न स्थिर दलिय जनाधार आबश्यक परेको छ । त्यसप्रकारको आबश्यकता पुरा गर्नका लागि नै दुइ विपरीत ध्रुबमा रहेका पार्टी र नेताहरुलाई एउटै गठबन्धनमा तानिएको एकथरी विश्लेषकहरुको अनुमान छ । स्वयं प्रचण्ड र देउवाले आफ्नो गठबन्धन आगामी १५ देखि २० बर्ष सम्म जाने भनेर ठोकुवा गर्नुको मुख्य आधार नै एमसिसि हो भन्न सकिन्छ।
चुनावमा यति नै भोट खस्नु पर्छ भन्ने सर्वस्विकार्य मापदण्ड नभए पनि जति बढि मतदाता, त्यति नै जनताको उत्साह भएको मान्ने हो भने पनि गएको चुनाव भन्दा निकै कम नागरिकले मतदान गने अनुमान स्वत: गर्न सकिन्छ । यसरी अहिलेको राजनीति र प्रणालीले पैदा गरेका निराशा र समस्याको विकल्पको रुपमा स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्ने प्रवृति पनि बढ्दै गएको देखिन्छ । यो भनेको पनि बिधमान पार्टी राजनीति र प्रणालीको उपयोगीता असान्दर्भिक भएको अर्थ लाग्ने विषय हो । यसरी हेर्दा अहिलेको चुनाव विरुद्ध रहेका शक्तिहरुको प्रयास र जनताको सचेततापुर्वक निर्णयको आधारमा ३ देखि ५ प्रतिशत मतदाताहरुले मात्रै भोट नहाल्ने हो भने पनि अहिलेको सत्ता राजनीतिको कोल्टो फेराईका लागि पर्याप्त ताकत सञ्चित भएको मान्न सकिन्छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.