दाङमा प्रचण्ड गर्मी:झ्याप्प-झ्याप्प बिधुत काटेपछी विप्लवका कार्यकर्ता एक्सनमा,प्रमुखलाई ध्यानाकर्षण

डेली न्युजराप्ती       १८ जेष्ठ २०८१ १३:५६ मा प्रकाशित     178 No Comments

जेठ १८ , तुलसीपुर । दाङमा बिना सुचना बिधुत काटेपछि विप्लव सी नेतृत्वको नेकपा घोराही नगरले प्राधिकरणको घोराही शाखालाई ध्यानाकर्षण गराएको छ ।

शुक्रबार पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन जंगली सी , पार्टीका घोराही नगर इन्चार्ज विकाश सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य पदम सी , अखिल (समाजवादी)का केन्द्रीय सदस्य दिपक सी लगाएतका नेताहरुले नेपाल बिधुत प्राधिकरण घोराहीका प्रमुख दिवाकर प्याकुरेललाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

अत्याधिक गर्मीले जनजीवन प्रभावित एवम कष्टकर बनिरहेको बेला जिल्लामा बिना सुचना बिधुत कटौती हुने कुरा आम सर्वसाधारणको जनजीवन जोखिमपुर्ण हुने भएकाले बिधुत कटौती नगर्न ध्यानाकर्षण गराइएको नेता पाटन जंगली सीले डेलिन्युजराप्तीलाई जानकारी दिनुभयो ।

नेता पाटनले तुलसीपुर लगाएत जिल्लाका सबै ठाउँबाट अत्याधिक गर्मीले सताइरहेको बेला बिना सुचना लाइन कटौती भइरहेको जनगुणासो पार्टीलाई आएकाले जिल्लाभरी बिना सुचना लाइन कटौती नगर्न समेत सुझाव दिनुभएको छ ।

यता दाङमा १० वर्ष यताकै बढी तापक्रम मापन गरिएको छ । बिहीबार दाङमा अधिकतम तापक्रम ४० दशमलव २ डिग्री सेल्सियस पुगेको थियो । न्यूनतम तापक्रम पनि यस वर्षकै उच्च २७ डिग्री सेल्सियस पुगेको हो। १० वर्षयताकै उच्च अधिकतम तापक्रम बिहीबार मापन गरिएको जल तथा मौसम विज्ञान कार्यालय घोराहीकी प्रमुख श्रेया रिजालले जानकारी दिनुभयो ।

नौ स्थानीय तहका विद्यालय बन्द

अत्यधिक गर्मी बढेर विद्यार्थीहरु विरामी हुन थालेपछि दाङका नौ स्थानीय तहका विद्यालय बन्द भएका छन् । बबई गाउँपालिकाले जेठ १८ देखि अर्को सूचना जारी नगर्दासम्म, घोराही, तुलसीपुर उपमहानगरपालिका, दंगीशरण र शान्तिनगर गाउँपालिकाले जेठ १८ देखि २२ सम्म, लमही नगरपालिका , राप्ती गाउँपालिका र राजपुर गाउँपालिकाले जेठ १७ र १८ गते तथा गढवा गाउँपालिकाले जेठ १७ देखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

गर्मीका कारण बालबालिकामा एलर्जी हुने, बेहोश हुने, टाउको दुख्ने, पेट दुख्ने, रिङटा लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिन थालेपछि केही दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको पालिकाहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार