काठमाडौँ । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिनुभएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जोनसनले तत्काल लागू हुने गरी संसदको सदस्यता त्याग्ने निर्णय गरेका हुन् । जोनसनले राजीनामा दिएपछि खाली हुने सिटमा उपनिर्वाचन हुनेछ । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उहाँ सांसदको जिम्मेवारीमा कार्यरत थिए । जोनसन अहिले संसदीय छानबिनको क्रममा रहेका छन ।
संसदीय समितिले कोरोनासँग सम्बन्धित सबै नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा छानबिन गरिरहेको छ । अनुसन्धानले जोनसनको राजनीतिक भविष्यमा प्रभाव पार्ने सम्भावना रहेको बताइएको छ ।
जोनसनले संसदलाई गुमराह गरेको पाइएमा संसदको विशेषाधिकार समितिलाई १० दिनभन्दा बढीको लागि सदस्यता निलम्बन गर्न सिफारिस गर्ने अधिकार छ । -एजेन्सी
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.