अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समितिद्वारा डेढ बिघा जमिनमा धान रोपाइँ सुरु

डेली न्युजराप्ती       १० श्रावण २०८० १५:४३ मा प्रकाशित     156 No Comments

रेमिटेन्सले धानेको परनिर्भर अर्थतन्त्रलाई न्यूनीकरण गर्नका लागि उत्पादन : अध्यक्ष श्याम सी

हेमन्त प्रकाश ओली ।

साउन १० , दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले धान रोपाइँ सुरु गरेको छ ।
बुधबार संगठनको केन्द्रीय समितिद्वारा दाङको तुलसीपुर-१६ रावतगाउ शान्तीटोल स्थित करिव डेढ बिघा क्षेत्रफलको जमिन भाडामा लिइ धान रोपाइँ सुरु गरिएको हो ।

धान रोपाइँको उद्घाटन नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , संगठनका केन्द्रीय अध्यक्ष श्याम सी , नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य द्वय विकाश सी र निर्मल सी , संगठनका केन्द्रीय उपाध्यक्ष डिल्ली सी लगाएतका नेता-कार्यकर्ताले गरेका हुन।

धान रोपाइँको उद्घाटनका क्रममा बोल्दै पार्टीका राप्ती ब्युरो इन्चार्ज सविन सीले पार्टीको उत्पादन योजनालाई योजनाबद्ध ढंगले पकडेको प्रती धन्यवाद व्यक्त गरेका थिए।
उनले भने – ‘ पार्टीको आत्मनिर्भर उत्पादन प्रणालीलाई दह्रोसंग मजदुर संगठनले पकडेको छ त्यसैले संगठनलाई बिशेश धन्यवाद दिन्छौं । हामी मिसन उत्पादन अभियानमा छौँ । उत्पादन मार्फत पार्टीलाई आत्मनिर्भर , नेता-कार्यकर्तालाई आत्मनिर्भर र समग्र देश र जनतालाइ आत्मनिर्भर बनाउने यो महान उद्धेश्य घनिभुत ढंगले अगाडि बढेको छ र यो निरन्तरतामा जानेछ ।– ‘

नेता सविनले निकट भविष्यमै नेकपाको नेतृत्वमा पार्टी , नेता-कार्यकर्ता र जनता आत्मनिर्भर हुनेपनी बिश्वास व्यक्त गरेका हुन् ।

यस्तै धान रोपाइँ उद्घाटनको क्रममा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै संगठनका केन्द्रीय अध्यक्ष श्याम सीले बिप्रेसनमा आधारित नेपालको अर्थतन्त्रलाइ न्यूनीकरण गर्नका लागि र उत्पादन मार्फत देशलाई समृद्ध बनाउन सकिन्छ भने सन्देश प्रवाहका लागि पनि संगठनको केन्द्रीय समिती प्रत्यक्ष उत्पादन कार्यमा जोडिएको बताए ।

नेता श्याम सीले भने – ‘रेमिटेन्समा चलिरहेको अर्थतन्त्रले नेपाली नागरिकलाई परनिर्भर बनाएको छ । हामीले परनिर्भर अर्थतन्त्रलाई न्यूनीकरण गर्ने उदेश्यसहित धान रोपाइँ सुरु गरेका छौँ । हामी हाम्रै पालामा आत्मनिर्भर अर्थतन्त्रको विकास गरि देशलाइ समृद्ध पार्न चाहान्छौँ । नेपालमा दलाल पुजीवादी संसदीय सत्ताको विकल्पमा हामी वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा छौँ । अहिले हामी राजनीतिक व्यवस्था बदल्न हिडेका छौँ । साथसाथै हामिले समाजवादको अनिवार्य सर्त उत्पादनलाई पनि छोडेका छैनौं । यो निरन्तर अगाडि बढ्नेछ । आगामी वर्ष यो भन्दा सयौं गुणा बढाएर उत्पादन कार्यलाइ व्यवस्थित गर्दै जाने सोचेका छौँ ।‘

यस्तै धान रोपाइँ उद्घाटनमा संक्षिप्त प्रतिक्रिया दिदै संगठनका केन्द्रीय उपाध्यक्ष डिल्ली सीले कम्युनिस्ट पार्टी , संगठन , जनता कोहिपनी श्रमबाट कट्नु हुदैन भन्ने सन्देश उत्पादनवाट दिन खोजेको वताए ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समितिको धान रोपाइँ भोलि साझसम्म सकिने संगठनले जनाएको छ ।

धान रोपाइँमा संगठनका केन्द्रीय समिती मातहतका नेता , स्थानीय पार्टी नेता-कार्यकर्ता एवम पार्टीका शुभेच्छुक , शुभचिन्तक तथा आम जनसमुदायको उल्लेख्य सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार