किन भए विश्वभरी फेसबुक प्रयोगकर्ताका आईडी लगआउट?अझैसम्म खुल्न सकेन कारण!

डेली न्युजराप्ती       २२ फाल्गुन २०८० २३:४८ मा प्रकाशित     98 No Comments

काठमाडौँ । नेपाली समय अनुसार करिब राती ९ बजे देखि सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र म्यासेन्जरमा समस्या आएको थियो । प्रयोगकर्ताका आईडीहरु एकाएक लग आउट भएका थिए ।

मातृ कम्पनी मेटाको यी सामाजिक सञ्जाल एपहरु एक्कासी बन्द भएका हुन् । यसो भएसँगै प्रयोगकर्ताहरू अचम्मित भएका थिए ।

उक्त एपहरुबाट प्रयोगकर्ताहरुको अकाउण्ट हाललाई भने लग इन भइरहेका छन् ।

उक्त समस्या नेपालमा मात्रै नभएर अन्य देशमा पनि देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर के कारणले उक्त समस्या हो खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार