मंसिर १,तुलसीपुर । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला समितिलाई धान स्याहार्न भ्याइनभ्याई भएको छ ।
पार्टीले जिल्लाभरी गरेको धान उत्पादनलाई स्याहार्दै अर्को बाली लगाउने तयारीलाई तिब्र बनाएको हो ।
यो वर्ष धान उत्पादन सन्तोषजनक रहेको नेकपाका जिल्ला इन्चार्ज सविन सीले जानकारी दिनुभयो ।
उहाँले पार्टीले सञ्चालन गरेका उत्पादन केन्द्रहरु घाटामा नजाने समेत बताउनुभएको हो ।
नेकपाले दाङमा यो वर्ष करिव १५ बिघामा धान खेती गरेको छ । पार्टीले तुलसीपुरमा ७ र घोराहीमा ८ बिघा बाँझो जमिन भाडामा लिएर खेती गरिरहेको छ ।
पार्टीले अघिल्लो वर्ष करिब ३०० क्विन्टल धान उत्पादन गरेको थियो ।
आत्मनिर्भर उत्पादनको निति अनुसार देशव्यापी कृषि उत्पादनमा जोडिएको नेकपाले यो वर्षदेखि उधोगमा जोडिने निर्णय गरेको छ ।
राजनीतिक कार्य र उत्पादन कार्यलाई जोडेको नेकपाले कृषिबाट आत्मनिर्भर र उधोगबाट समृद्धि हाँसिल गर्ने निति लिएको छ ।
पार्टी जिवनमा लागु गरेको उत्पादन कार्यलाई राज्यमा रूपान्तरण गर्न एकीकृत जनक्रान्ति अन्तर्गत संघर्षको मोर्चा बनाएर नेकपाले आसन्न निर्वाचन लड्ने निति लिएको छ ।
नेकपाले निर्वाचनका लागि निर्वाचन आयोगमा कम्युनिस्ट पार्टी नेपाल दल दर्ताको निवेदन पेश गरेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.