तीन बुदे सहमती कार्यान्वयन गर्न गठित कार्यदलका प्रमुख प्रकाण्ड र वर्षमान पुनविचको बैठक सकियो, के भयो निर्णय? 

डेली न्युजराप्ती       १५ पुष २०८० २०:३६ मा प्रकाशित     209 No Comments

काठमाडौँ: सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलको प्रमुखको बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रवक्ता प्रकाण्ड सी र सरकारको तर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन प्रमुख रहेको उक्त कार्यदलको बैठक बालुवाटारमा सम्पन्न भएको हो ।उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले तीन बुँदे सहमति पश्चात तत्कालिन केपी ओली र शेरबहादुर देउवा नेतृत्वको सरकारसंग भएका छलफल र कार्य प्रगतिको बारेमा प्रष्ट्याएका थिए । उनले तत्कालिन देउवा नेतृत्वको सरकारका गृहमन्त्री बालकृष्ण खाँडसंग तीन बुँदे सहमति कार्यान्वयनका निम्ति भएका कार्यहरुको प्रगति र बाँकी रहेका कार्यहरुको बारेमा प्रष्ट्याएका थिए ।

प्रवक्ता प्रकाण्ड सीले तीन बुँदे सहमति कार्यान्वयनका लागि भएका कार्यहरुको विवरण पेश गरेपछि तत्कालिन सरकारले अगाडि बढाएको कार्यहरुको प्रगति विवरण गृह मन्त्रालय, कानुन मन्त्रालय र महान्यायधिवक्ता कार्यालयबाट संकलन गर्ने र त्यसपछि पुन: कार्यदलको बैठक बस्ने गरि आजको बैठक टुंगिएको बताइएको छ।

यसअघि गत शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेकपाका नेता-कार्यकर्तामाथि लगाइएको मुद्दा खारेजी, बन्दी नेता- कार्यकर्ताको रिहाइलगायत तीन बुँदे सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सरकार र नेकपाबीच कार्यदल गठन भएको थियो ।उक्त कार्यदलमा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रवक्ता प्रकाण्ड सी, स्थायी समिति सदस्य शिलु सी र वरिष्ठ अधिवक्ता एकराज भण्डारी रहेका छन् भने सरकारको तर्फबाट उक्त कार्यदलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव र माधव सापकोटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार