पुष्पलालले कम्युनिस्ट पार्टीको स्थापना गर्नु आफैमा क्रान्ती थियो : विप्लव

डेली न्युजराप्ती       ७ श्रावण २०८० २१:२६ मा प्रकाशित     119 No Comments

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा जहाँनिया राणाशासनको बेला देशलाई जनवाद र समाजवादको दिशामा लिने उदेश्यले पुष्पलालले कम्युनिस्ट पार्टीको स्थापना गर्नु आफैमा एउटा क्रान्ति भएको बताएका र छन ।
नेपाल प्रज्ञा- प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स)को सहकार्यमा आइतबार आयोजित वर्तमान सन्दर्भमा पुष्पलाल विषयक अन्तर्कृया कार्यक्रममा विचार राख्ने क्रममा नेकपा महासचिव विप्लवले यस्तो धारणा राखेका हुन् ।

“नेपालमा कम्युनिस्ट पार्टी निर्माण गर्नु आफैमा क्रान्ति थियो , पछि के कस्तो भयो, के कस्ता समस्या र प्रवृति आए , त्यो अर्कै कुरा हो तर पुष्पलाल र उहाँसहित नेकपाका संस्थापकहरुले कम्युनिस्ट पार्टी निर्माण गर्ने कुरा तत्कालीन समयको क्रान्ति नै थियो”

उनले भने- “हामी ६५% कम्युनिस्ट जनमत भएको देशमा छौं , नेपालमा समाजवाद र साम्यवादको सपना देख्ने पीढी छ , यो पुष्पलालको योगदानको परिणाम हो , अब बिभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने बेला आएको छ ,सबै कम्युनिस्टहरु एक भएर समाजवादमा जानुपर्छ , यो नै अहिलेको सामाजिक क्रान्ति हुनेछ र पुष्पलालको सम्मान पनि, यो बहसमा काङ्ग्रेसलाई पनि ल्याउनुपर्छ।”

युवा अध्ययता रामचन्द्र श्रेष्ठद्वारा प्रस्तुत `आगतको सङ्घारमा पुष्पलालको पदचाप पछ्याएर´ शीर्षकको प्रस्तुत कार्यपत्रमाथी टिप्पणी गर्ने क्रममा महासचिव विप्लवले कार्यपत्रको मुख्य पाटो भनेको पुष्पलालले कहाँ ,के कस्ता संघर्षहरु गर्नु पर्यो भन्ने बिषयलाई सजीव रूपमा औल्याइएको छ यसका लागि प्रस्तुतकर्तालाई धन्यवाद छ भन्दै उनले कार्यपत्रले विगतको बिषय उठान गरेर राम्रो गरेको भएपनि आजको नेपाली कम्युनिस्ट आन्दोलनका प्रवृति वा समकालीन विषयको बिष्लेषणमा कार्यपत्र चुकेको बताए ।

“कम्युनिस्ट आन्दोलनका अहिलेका धाराहरुबारे प्रस्ट्याउन जरुरी छ ,सबै पार्टी , नेता र बिचार उस्तै हुन भन्ने निष्कर्षले हामीलाई अराजकता र निराशतिर लिन्छ , स्कुल , कलेज र विश्वविद्यालयमा पुष्पलाल पढाइनु पर्छ , पुष्पलाल नपढेसम्म इतिहास अपुर्ण हुन्छ उनले भने ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसको अवसरमा आयोजित `आजको सन्दर्भ र पुष्पलाल´ विषयक कार्यक्रममा विप्लवले सबै ऐतिहासिक पात्रहरु जस्तै पुष्पलालका पनि केहि सिमाहरु रहेको भन्दै समिक्षात्मक मूल्याकंन गरे ।
पुष्पलालले निकै मेहनत गरेका थिए जस्तो नेपाली समाजजो बर्गविश्लेषण , किसान आन्दोलन, नयाँ जनवादको राजनीतिक कार्यक्रम र नेपाली समाजको मार्क्सवादी दृस्ठिकोणद्वारा विश्लेषण उहाँकै वौद्धिक योगदान हुन् ,छरपस्ट भएको कम्युनिस्ट आन्दोलनलाई २५ साल पछि एकीकृत गर्न उहाँले नै प्रयत्न गर्नुभयो , उहाँको विशेषता भनेको उहाँ आफैले भनेको कुरामा अन्तिमसम्म पनि टिक्नु भयो , पुष्पलालले जनवाद र स्वाधीनता दुइटा बिषयमा जहिल्यै जोड दिनु भएको थियो , प्रजातान्त्रिक शक्तिहरुसङ्ग मिलेर सामन्तवाद र निरङ्कुश शक्ति फ्याक्नु पर्छ भन्ने उनको बुझाई थियो त्यो निकै वस्तुवादी र सहि निष्कर्ष भएको बताए ।

महासचिव विप्लवले आधारभूत रूपमा पुष्पलाल सहि , महान र क्रान्तिकारी थिए तर केहि सिमा पनि थिए भन्ने कुराबाट शिक्षा लिनुपर्ने कुरामा जोड दिए । “संगठनात्मक क्षेत्रमा उहाले पर्याप्त रूपमा ध्यान दिन नसक्नु , आफ्नो विचारलाई साथ दिने टिम बनाउन नसक्नु , बैचारिक हिसाबले बिषयलाई तिखो बनाउने र धारमा बदलेर प्रयोगमा लिन नसक्नु वा ठोस बनाउन नसक्नु उनको सिमा हो” महासचिव विप्लवले समिक्षा गर्दै भने ।

त्यस्तै मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे बोल्दै उनले भारतभन्दा अमेरिका नेपालको मुख्य समस्या भएर आएको , नेपालमा सामन्तवाद होइन दलाल पुँजीवाद
मुख्य भुमिकामा छ , यसले मान्छे मान्छेको श्रम , सिर्जना सबै बेचेर खान्छ , केहिपनि बनाउदैन , त्यसैले अबको समाजवादी क्रान्तिमा यो अन्तरबिरोधलाई हल गर्नुपर्नेमा जोड दिए ।

निकै कुख्याति कमाएको भुटानी शरणार्थी काण्डबारे बोल्दै महासचिव विप्लवले नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउनेसङ्गै बन्नेलाई पनि जेल हाल्नुपर्ने टिप्पणी गरे ।
“आफ्नो देश, नागरिकता बेचेर अमेरिका जानेकुरा पनि दलाली हो, त्यसलाई पनि हामीले गम्भीर रूपमा लिनुपर्छ।”

नेपालमा कम्युनिस्ट आन्दोलनलाई सफलतामा पुर्‍याउन अब विगतका विरासतबाट माथी उठेर नयाँ ढङ्गले सोच्नुपर्ने , मार्क्सवादी दर्शनशास्त्रको द्वन्द्ववाद सम्बन्धि नियममा रहेका अपुर्णताहरुलाई पछिल्लो विज्ञान र प्रविधिको विकासको आधारमा विकास गर्नुपर्ने र अर्थशास्त्रको क्षेत्रमा पनि नीजी स्वामित्वमा आधारित प्रणाली त स्वत: अपुर्ण र अन्यायपूर्ण रहेको तर त्यसको विकल्पमा आएको सुन्दर व्यवस्था समाजवादी प्रणालीमा पनि परम्परागत सामुहिक स्वामित्व पनि फेल खाई सकेकोले अब सोभियत संघ , रुस , २० औं शताब्दीको पुर्वीयुरोप र चीनको जस्तो समाजवादी प्रणालीले काम नगर्ने भएकोले एकीकृत अर्थप्रणाली अनुसार समाजवादको विकास गर्नुपर्ने महासचिव विप्लवको जोड थियो ।

प्रज्ञा – भवनको देवकोटा सभाकक्षामा भएको कार्यक्रममा एमाले नेता डा दिप्तप्रकाश भट्ट , एकीकृत समाजवादी नेतृ अरुणा पराजुली , हरि रोका , गोपिरमण उपाध्यायले टिप्पणी गरेका थिए भने कार्यक्रमलाई धनकुमारी सुनारले सहजीकरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार