काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपाल कार्यदलका सदस्य प्रकाण्ड सीले समाजवादी मोर्चा नेपालको बैठक भोलि आसार ३० गते शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन।
उनले समाजवादी मोर्चा नेपालको कार्यदलको बैठकले मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिताका बिषयलाई अन्तिमरुप दिएको समेत बताए ।
उक्त कार्यदललाई समाजवादी मोर्चा नेपालको पहिलो बैठकले मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिता बनाउनका लागि तीन दिनको समयसीमा दिइएको थियो सोहि जिम्मेवारी अनुरुप कार्यदलले संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिताको आधार तयार पारेको हो । उक्त कार्यदलमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी , नेकपा समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका छन् ।
उक्त कार्यदलले तयार पारेको मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहितासहितको प्रस्तावमाथि भोलि आसार ३० गते शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने समाजवादी मोर्चाको बैठकमा छलफल हुने बताइएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.